बाजुरा – उच्च रक्तश्रावका कारण बाजुराको हिमाली गाउँपालिकामा एक सुत्केरीको मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको उच्च रक्तश्रावका कारण मृत्यु भएको हो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार चदारले घरमै शिशुलाई जन्म दिनुभएको थियो । त्यसको केहीबेरमै उहाँको मृत्यु भएको थियो ।