About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
२०४६ सालदेखि निरन्तर अध्यक्ष

Darpanpost बुधबार, मंसिर २२, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी९हाल नेकपा माओवादी केन्द्र० लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म उनी अध्यक्ष छन्। आगामी पुस ११ देखि १३ सम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पनि निर्विकल्प रूपमा दाहाल नै अध्यक्ष हुने अवस्था देखिएको छ।
माओवादी बाट वैद्य, गजुरेल, बाबुराम भट्टराई र रामबहादुर थापा बाहिरिए पछि दाहाललाई तत्कालै चुनौती दिने कोही नभएकाले आगामी महाधिवेशनबाट पनि उनी सर्वसम्मत अध्यक्ष हुने माओवादी केन्द्रका नेता कार्यकर्ता बताउँछन् ।

२०४६ सालमा नेकपा ९मसाल० को महामन्त्री,२०४८ मा नेकपा ९एकता–केन्द्र० को महामन्त्री, २०५१ मा नेकपा ९माओवादी० को महामन्त्री,२०५७ मा अध्यक्ष र २०६५ मा एकीकृत नेकपा माओवादीको अध्यक्ष बनेका दाहाल अहिले पनि अध्यक्षको निर्विकल्प दाबेदार हुन्। अहिले माओवादी नयाँ विधान ल्याएर पुनः बहुपदीय प्रणालीमा जान खोजिरहेको छ। माओवादीले लोकतान्त्रिक धारमा आएपछि बहुपदीय प्रणाली अपनाए पनि दाहालले सबै अधिकार आफू९अध्यक्ष० मा केन्द्रित गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com