About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता

Darpanpost मंगलबार, मंसिर २१, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

बुटवल । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।
उनले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाका लगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिका लाई पत्राचार गरिएको समेत जानकारी दिए ।
विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ उनले भने।
बेलहिया नाकाबाट भारत लगायत, अष्टे्रलिया, नेदरल्याण्ड, चीन लगायतका मुलुक बाट पर्यटक नेपाल भित्रिने गर्छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले सीमा क्षेत्रमा मास्क र
सेनिटाइजरको प्रयोग लाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएको समेत निगरानीमा राख्न र शङ्कास्पद भए ‘रेपिड एन्टिजोन
टेष्ट’ गर्न निर्देशन दिइएको जानकारी दिए ।
उनले जनजीवन लाई सामान्य गर्दै विदेशी पर्यटक लाई लक्षित गरेर सचेतना अपनाउने विषय लाई प्राथमिकता दिइएको उल्लेख
गर्दै बुटवल उपमहानगरापलिका, तिलोत्तमा र देवदह नगरपालिका, ओमसतिया र रोहिणी गाउँपालिकामा १८ वर्ष उमेर माथिका लाई
खोपको दुई मात्रा दिइएको बताए ।
उनले जिल्लाका अन्य ११ पालिकामा पनि आजबाट नै खोपको दुई मात्रा दिइने जानकारी दिँदै अहिले सम्म रुपन्देहीमा खोपको पहिलो डोज लगाउने ६० प्रतिशत र दोस्रो डोज लगाउने ५० प्रतिशत भएको बताए ।
सीमा क्षेत्रमा शङ्कास्पद भेटिएको नागरिकमा रेपिड एन्टिजोेन टेष्ट
पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय
प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ ।
ओमिक्रोन लाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । जिल्लामा अहिलेसम्म कोभिड–१९ बाट ५५८ को मृत्यु भएको कार्यालयले जनाएको छ ।
–रासस

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com