About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
निर्वाचन आयोगद्धारा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन कार्यतालिका र कार्यक्रम स्वीकृत

Darpanpost मंगलबार, मंसिर २१, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी २१ गते बिहान १० देखि अपाराह्न ४ बजेसम्म दिने, २२ र २३ गते उजुरीमाथि छानबिन गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएको मतदाता केन्द्रमा माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
यसअघि आयोगले निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा १ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको व्यवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन पाउने छैन ।

(गोरखापत्र अनलाइन)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com