पाल्पा । पाल्पाको तानसेन नगरपालिका–९ दमकडाका ज्येष्ठ नागरिकका लागि निर्माण गर्न लागिएको न्यानो घरका लागि आर्थिक अभाव भएको छ ।
आर्थिक अभाव भएपछि तीन तले भवनको एक तला मात्र निर्माण गरिएको छ ।
दुई तला आर्थिक अभावले निर्माण गर्न नसकिएको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले बताए ।
तानसेन नगरपालिकाको आर्थिक सहयोगमा उक्त भवन निर्माण थालिएको हो ।
भवन निर्माण सम्पन्न भएपछि वृद्ध वृद्धाका लागि इन्टरनेट सहित हेरालुको व्यवस्था गर्ने लक्ष्य रहेको बञ्जाडेले बर्ताए ।
रु ३० लाख लागतको सो भवन गत असारमा सम्पन्न गर्नुपर्ने लक्ष्य थियो ।
न्यानो घर निर्माण नहुँदा वृद्धवृद्धा समस्यामा परेका
छन् ।
स्थानीय सरकारले समयमा नै भवन निर्माण पूरा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ ।
वृद्धवृद्धा लाई दिनभर घरमा बसिबसी समय बिताउन समस्या हुने गरेको छ ।
आफ्ना समकक्षी सँग अनुभव आदन प्रदान गर्ने गरी समय बिताउन सहज हुने छ, बञ्जाडेले भने ।
तानसेनका नगर प्रमुख अशोक कुमार शाही सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाभत्ता बाहेक अन्य क्षेत्रमा सहयोग गर्न नसकेको अवस्थामा नगरपालिकाले न्यानो घरको अवधारणा अघि बढाएको बताउँछन् । –रासस