About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार बाट धादिङमा तीन कृषक पुरस्कृत

Darpanpost मंगलबार, मंसिर २१, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

धादिङ – राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार बाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ ।

धादिङबेसी कृषि ज्ञान केन्द्रले ४१ औँ विश्व खाद्य दिवसका अवसरमा पुरस्कार वितरण गरिएको हो ।

समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषक लाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताउनुभयो ।

तरकारी खेतीमा अब्बल धुनीबेसी नगरपालिका–५ का युद्धप्रसाद न्यौपाने, भैँसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका–६ का दयालक्ष्मी श्रेष्ठ र तरकारी खेती तथा कुखुरा पालनमा राम्रो आम्दानी गर्न सफल नीलकण्ठ नगरपालिका–२ का उर्मिलादेवी कार्की नेपाल लाई १०र१० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले पुरस्कृत कृषक लाई नगद पुरस्कार प्रदान गर्दै आउँदो दिनमा अब्बल रूपमा कृषिमा लाग्न आग्रह गर्नुभयो ।

कृषि ज्ञान केन्द्रले साउनमा पुरस्कार दाबी गर्न कृषक लाई सार्वजनिक सूचना गरेकामा ११ कृषकले पुरस्कार दाबी गरेका थिए । सबै कृषकको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर पुरस्कारका लागि सिफारिस गरेको थियो ।

(रासस)

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com