बेलायत – बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदाय स्तरमा
फैलिएको पाइएको छ । त्यहाँ हिजो एकैदिन ९० जना सङ्क्रमित
भेटिएका छन् ।
यी मध्ये ६४ जना बेलायत, २३ स्कटल्यान्ड र ३
वेल्सका रहेका छन् । बेलायतमा अब ओमिक्रोन सङ्क्रमितको सङ्ख्या ३३६ पुगेको छ ।
स्वास्थ्यमन्त्री साजिद जाविदले बेलायती संसदमा सम्बोधन
गर्दै ३ सय ३६ जना ओमिक्रोन बाट सङ्क्रमित पुष्टि भइसकेको जानकारी दिनुभयो ।
उहाँले बेलैमा सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न नसके त्यसले भयावह अवस्था ल्याउने समेत बताउनुभएको छ ।
नयाँ सङ्क्रमित अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नभएको पनि उहाँले पुष्टि गर्नुभएको बीबीसीले जनाएको छ ।
बेलायतले ’ओमिक्रोन’ नियन्त्रणका लागि केही देशमा यात्रा प्रतिबन्ध लगाएको छ ।
यो प्रतिबन्ध निरन्तर रहेको जाविदले बताउनुभएको छ ।