About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दै

Darpanpost मंगलबार, मंसिर २१, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति बैठक बस्दै छ।
पार्टीको आगामी १४ औँ महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवार तय गर्ने बारे छलफल गर्न दिउँसो एक बजे बैठक बस्ने तयारी छ।
यसअघि हिजो पनि संस्थापन इतर समूहका नेताले यसै बिषयमा छलफल गरेका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा भएको छलफल सकारात्मक भएकाले आज संस्थापन इतर समूहको केन्द्रिय समिति बैठकमा छलफल गर्न लागिएको हो।
हिजो नेता पौडेल सहित, नेताहरु प्रकाशमान सिंह र शेखर
कोइराला बीच छलफल भएको थियो।
तीन जना नेताको सहमतिमा आज संस्थापन इतर समूहका
नेताको केन्द्रीय समिति बैठक आह्वान गरिएको हो।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर २४ गतेदेखि सुरु हुँदैछ।
महाधिवेशनमा सभापति पदको लागि सभापति शेरबहादुर
देउवाले पुनः सभापतिमा दोहोरिने तयारी गरिरहँदा संस्थापन इतर समूहले पनि सभापतिको साझा उम्मेदवार उठाउने प्रयास गरेको छ।
संस्थापन इतर समूहले साझा उम्मेदवार उठाउन प्रयास
गरेपनि धेरै नेताहरु आकांक्षी देखिदा मुस्किल हुने देखिएको छ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com