बैतडी-बैतडीमा भएको जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । एक जनाको अवस्था गम्भीर छ । पाटन बाट सकारका लागि हिँडेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार खोलामा दुर्घटना हुँदा पाटन ७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको हो ।
मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।