असारको भेल होइन नारी
खेलौनाको खेल होइन नारी ।
कुनै औजार बाट बनेको मेसीन होइन नारी
हात धुने बेसीन होइन नारी ।
थिचेर बनाइने गहना होइन नारी
जन्मलिने सहन होइन नारी ।
चलाउने गाडी होइन नारी
उर्लिएको बाढी होइन नारी ।
बलेको आगो निभाउने दमकल होइन नारी
बिग्रिएर भत्किएका बनाउने औजार होइन नारी ।
मिचिमिचि धोइने कपडा होइन नारी
जन्मिएको भोग्न लफडा होइन नारी ।
भाग्य लेख्ने बिधाताले खै के के लेखीदिए
यो नारीलाइ सधै किन यति निच देखिदिए ।
(सरस्वती खराल भुषाल ,रुपन्देही )