तनहुँ । तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ ।गए राति शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले बन्दुक सहित सोही ठाउँका ४७ वर्षीय सुन बहादुर गुरुङ लाई पक्राउ गरेको छ । पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन् ।घटनाबारे थप अनुसन्धान भइरहेको छ ।