तुलसी राम पौडेल,सियारी -१८ औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको शुभ अवसरमा रुपन्देहीको सियारी गाउपालिकामा विदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। गाउपालिका अन्तरगत उमेर पुगी अवकाश भएका सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई गाउपालिकाको तर्फबाट नगद ५० हजार रुपैया सहित विदाइ र नवनियुक्त स्वास्थ्य महिला स्वयं सेविकाहरु र पश्चिम् अमवा स्थित अमवा स्वास्थ्य चौकिको लागि नियुक्त गरिनुभएका डाक्टर सागर न्यौपानेलाई स्वागत सम्मान गरिएको छ। त्यसै गरि प्रत्येक वडाबाट एक जना उत्कृष्ट महिला स्वयं सेविका र प्रत्येक स्वास्थ्य चौकीबाट २र२ जना स्वास्थ्यकर्मी समेत सम्मानित भएका थिए।सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले सियारी गाउपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयं सेविकाको महत्वपूर्ण भुमिका रहेकोे बताउनु भयो । कोभिड न्यूनीकरण गर्नको लागी चेतनामूलक कार्यक्रममा सक्रिय हुनुपर्ने र गाउपालिकाले लागू गरेको जगत जननी कार्यक्रमलाई सफल पार्न घरदैलो अभियान गर्न आग्रह गर्नुभयो ।
गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले महिला स्वास्थ्य स्वयं सेविकाको सक्रिय भुमिकाबाट नै सियारी गाउपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट हुन सफल भएको बताउनु भयो।
सियारी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेलले महिला स्वास्थ्य स्वयं सेविकाबाट स्वास्थ्य क्षेत्रमा राम्रा कार्यहरू भएको बताउनु भयो ।
गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईको अध्यक्षता, गाउपालिका उपाध्यक्ष अमृता गुरुङको प्रमुख आतिथ्यता, वडा नम्बर ३ का अध्यक्ष घिसन अहिर ,वडा नम्बर ४ का वडा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ,वडा नम्बर १ का कार्यवाहक अध्यक्ष धनराज शर्मा ,लेखा शाखा प्रमुख नारायण प्रसाद पौडेलको आतिथ्यता, स्वास्थ्य शाखा नर्सिङ अधिकृत ललिता पुनको स्वागत मन्तव्य , स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीद्वारा संचालित कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल ,नव नियुक्त डाक्टर सागर न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।