बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
चार घाइतेमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
सदरमुकाम मार्तडी देखि जडाङगा जाँदै गरेको अटो आइतबार ५; ३० मा दुर्घटनामा परेको हो ।
अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । अटो चालक भने फरार रहेको छ ।
(रासस)