About Contact
२४ जेठ २०८०, बुधबार
Close
बिज्ञापन
भारत सरकारले नेपाल लाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने

Darpanpost शनिबार, मंसिर १८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ। भारत सरकारले नेपाल लाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकार बीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालय मार्फत भारत सरकार लाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकार जीटुजी मार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाख देखि दुई लाख मेट्रिक टन सम्म रासायनिक मल खरिदका खोजिरहेको छ ।
उहाँले भन्नुभयो, नेपाल सरकारले भारत सरकार लाई पठाएको पत्र स्वीकृतिको क्रममा रहेको बताउँदै प्रवक्ता सञ्जेलले पत्र स्वीकृत भएपछि दुई देशबीच छिट्टै हस्ताक्षर हुनेछ ।
बर्सेनि हुने मलको हाहाकार रोक्नका लागि मन्त्रालयले अन्य देशसँग मल खरिद गर्ने पहल थालेको छ । बङ्गलादेश, चीन, ओमन, मोराको लगायतका देशसँग सम्झौता गरेर मल ल्याउने पहल थालिएको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालय मार्फत ती देश लाई पत्रचार गरिएको छ तर हालसम्म जवाफ आइसकेको छैन ।

गत भदौमा कृषि मन्त्रालयका तत्कालीन सचिव डा। कृष्णप्रसाद आचार्य नेतृत्वको एक टोली भारतको दिल्ली गएर जीटुजी मार्फत मल ल्याउने विषय टुङ्गो लगाएर आएको थियो ।
भारतका केमिकल तथा फर्टिलाइजर मन्त्रालसँग छलफल गरी सबै कुरा टुङ्गो लगाएर आएको थियो । सोही छलफलको आधारमा पत्राचार भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा खपत हुने सम्पूर्ण रासायनिक मलको ३० प्रतिशत भारतबाट जीटुजी मार्फत खरिद गर्ने बाँकी बोलपत्र आह्वान गरेर खरिद गर्ने मन्त्रालयको तयारी रहेको छ ।

कृषि मन्त्रालयले चालू आर्थिक वर्ष २०७८र२०७९ मा पाँच लाख मेट्रिक टन मल खरिद गर्ने तयारी गरेको छ । त्यसको आधारमा भारत बाट करिब डेढ लाख मेट्रिक टन मल खरिद गरिने मन्त्रालयले जनाएको छ । सम्झौता भएपछि सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने, त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने दुई देश बीच सहमति भएको मन्त्रालयले जनाएको छ ।
वार्षिक पाँच देखि छ लाख सम्म रासायनिक मल खपत हुने गरेको छ । स्थानीय तह र प्रदेश सरकारले सङ्घीय सरकार लाई दिएको तथ्याङ्क अनुसार ११ देखि १२ लाख मेट्रिक टनसम्म मल खपत हुने गरेको छ ।

(गोरखापत्र)

सम्बन्धित

ताजा अपडेट
पाल्पाकाे रैनादेवि मा भएकाे जिप दुर्घटना प्रति प्रदेश सभा सदस्य घिमिरे बाट दुख व्यक्त
श्री सिद्धार्थ नि: मा खैरी मा व्यवस्थापन समिति गठन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com