About Contact
०७ माघ २०७८, शुक्रबार
Close
बिज्ञापन
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा

Darpanpost बुधबार, मंसिर १५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को एकता महाधिवेशन उद्घाटन समारोहलाई बुधवार काठमाण्डौमा सम्बोधन गर्नुहुँदै उहाँले यसै हप्ता नेकपा ९एमाले० को महाधिवेशन सम्पन्न भएको उल्लेख गर्नुहुँदै आफ्नो दल नेपाली कांग्रेस पनि अर्को हप्ता १४ औँ महाधिवेशनका तयारीमा जुटेको बताउनुभयो । सबै दलका महाधिवेशनले राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

कार्यक्रममा नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थिरताका लागि मुख्य दलहरूका बीचमा साझा मुद्दा निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । सबै दलले देशभन्दा ठूलो अरू हुन नसक्ने भावमा साझा मुद्दा निर्माणमा काम गर्नुपर्ने उहाँको विचार थियो ।

नेकपा ९माले० का अध्यक्ष सीपी मैनालीले विसं २००७, २०४६ र २०६३ को परिवर्तन बाह्य शक्तिको प्रभावमा भएकाले राजनीतिक स्थिरता कायम हुन नसकेको दाबी गर्नुभयो । सबै दलले देशभक्तिलाई समेटेर साझा मुद्दामा एकता कायम गर्नुपर्ने उहाँको भनाइ थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता अनिलकुमार झाले राप्रपा नेता कमल थापा उपप्रधानमन्त्री हुँदा उहाँको संयोजकत्वमा रहेको सरकारी वार्ता टोलीसँग मधेश मुद्दाका विषयमा भएको पार्टीको सम्झौता कार्यान्वयन गराउने दिशामा महाधिवेशनले नीति बनाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका नेता लालबहादुर थापाले सङ्घीयता उपयुक्त छैन भनी अन्तरिम संविधानकालदेखि नै पार्टीले भन्दै आएको उल्लेख गर्नुहुँदै प्रदेशको खर्च कटाएर पालिकालाई दिइ अधिकार क्षेत्र बढाउने गरी राप्रपाले पनि प्रस्ताव पारित गर्न सुझाव दिनुभयो ।

जनता समाजवादीका नेता प्रकाश अधिकारीले विभेद अन्त्य नभइ देशमा विकास नहुने भएकाले संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनमार्फत सबैका मुद्दा समेटेर राष्ट्रिय एकता कायम गरिनुपर्ने उहाँको भनाइ थियो ।

(रासस)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री देउवाद्धारा राष्ट्रका नाममा सम्बोधन
१० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com