About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
एमालेको दसौं महाधिवेशनबाट ओलीले चाहेकै जस्तो हार्डलाइनर टिम

Darpanpost बुधबार, मंसिर १५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिव सम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका खुलेको छ।
एमाले–माओवादी एकीकरणको समयमा माओवादीको आलोचना गर्दै आएका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष भएका छन्। लामो समयदेखि ओली समूहमा रहेका शंकर पोखरेल महासचिवमा सर्वसम्मत चयन भएका छन्।
उनीहरू दुवै विचारमा स्पष्ट भएका र पार्टीमा समन्वय गर्नेभन्दा आलोचकका विचारलाई बेवास्ता गर्दै अघि बढ्ने प्रवृत्ति भएका नेताहरू हुन्। ओली स्वयं विरोधीप्रति कठोर हुन्छन्। शान्त स्वभावका प्रदीप ज्ञवाली पनि दृष्टिकोणमा स्पष्ट भएकाले पार्टीमा शक्ति आर्जनका साथै आगामी दिनमा माथिल्लो पदमा पुग्ने अवसरका सामु छन्।
एमालेको जन्म कोअर्डिनेसन केन्द्रबाट बनेको माले हुँदै भएको हो। अहिले एमालेमा कोअर्डिनेसन केन्द्रका ईश्वर पोखरेलमात्रै छन्। उनले लामो समयदेखि ओलीलाई साथ दिँदै आएका छन्।
ओलीले विगतमा माओवादीको आलोचना गरेर पार्टीमा शक्ति आर्जन गरेका थिए। त्यस क्रममा शंकरले पनि उनलाई निरन्तर साथ दिइरहे। अहिले ओली यी दुई पोखरेलमध्ये एकलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष र अर्कालाई निर्विरोध महासचिव बनाउन सफल भएका छन्।

नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकरलाई महासचिव बनाउनकै लागि दसौं महाधिवेशन लम्बिएको थियो। तर महाधिवेशनस्थलमा यो भाव प्रकट हुन नदिई शंकरलाई नेतृत्वमा स्थापित गराउन ओली सफल भए। यो समाचार नागरिक दैनिकमा छ ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com