About Contact
०७ माघ २०७८, शुक्रबार
Close
बिज्ञापन
लक्ष्मीनगरमा इण्डो नेपाल क्रिकेट टूर्नामेन्टको उद्धघाटन

Darpanpost शुक्रबार, मंसिर १०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

अजय मिश्रा, कृष्णनगर -कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा इण्डो नेपाल क्रिकेट टूर्नामेन्टको उद्धघाटन सम्पन्न भएको छ ।

उक्त टूर्नामेन्ट उद्धघाटन कार्यक्रम मिर्जा राशिद वेगको अध्यक्षता ,प्रमुख अतिथिमा ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेल, विशिष्ट अतिथिमा नेकपा एमालेका नेता शिव प्रसाद जयसवाल, जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, अतिथिमा मुशताक अहमद खां, नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं ३ कमिटी अध्यक्ष साजिद अलि मुसलमान, नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप मौर्या, उपाध्यक्ष मेहताब आलम, इम्बार्क इन्टरनेशनलका प्रबन्धक मनिराम कहार, दुख्खी मुसलमान, समसुद्दिन, अजय धोबी, अहमद रजा ९बब्लू०, मतिउल्ला खां लगायत रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले खेलकूदले व्यक्तिमा एकताको भावना जागृत गरि युवाहरु लाई भबिस्यमा अगाडि बढ्न प्रेरणा समेत दिने गरेको बताउनुभयो ।

खेलकूद बाट व्यक्तिको शारीरिक, मानसिक, सामुहिक भावना, सकारात्मक प्रतिस्पर्धाको विकास भइ व्यक्ति अनुसासित हुने गरेको इण्डो नेपाल क्रिकेट टूर्नामेन्ट लक्ष्मीनगरका अध्यक्ष तथा नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य एवं उद्योगी मिर्जा राशिद वेगले बताउनुभयो ।
हिजो भएको खेलमा चार टिम बिच प्रतिस्पर्धा भएको थियो । पहिलो खेल हृदयनगर र कृष्णनगर दोस्रो खेल इम्बार्क इन्टरनेशनल र बढ्नी डिहवा बिच भएको थियो । जस्मा इम्बार्क इन्टरनेशनल र हृदयनगर टिम विजय भएको आयोजकले जनाएको छ

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री देउवाद्धारा राष्ट्रका नाममा सम्बोधन
१० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com