About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
नेपाल विद्यार्थी संघ द्वारा ७५ युनिट रगत संकलन

Darpanpost बिहिबार, मंसिर ०९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी, कञ्चन -रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी संघ सहिद नारायण पोखरेल रामापुर क्याम्पस इकाई समितिको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जसमा ७५ जनाले रक्तदान गरेका छन।
नेपाल विद्यार्थी संघ सहिद नारायण पोखरेल रामापुर क्याम्पस इकाइ सभापति मनोज क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सहिद नारायण पोखरेल रामापुर क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण गैरेले बोल्दै रगतको अभावले गर्दा जीवन र मृत्युको मुखमा पुगेका ती व्यक्तिहरुलाई रत्तदान गर्नु अन्य भौतिक दान भन्दा ठूलो भएको बताउनु भयो ।

त्यसैगरी सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रमुख यदुलाल पन्थले रक्तदान गर्ने व्यक्तिको हरेक तीनर तीन महिनामा रगत आफैं नष्ट भएर जाने र नयाँ रगत पलाउने भएकोले खेर जाने रगतलाई रगतको अभावले ज्यान गुमाउन बाध्य हुने व्यक्तिलाई रगत दिएर उनिहरुको ज्यान बचाउनु नै मानिसको सर्वोत्तम कार्य भएको बताउनुभयो।

प्रजातान्त्रिक प्राध्यापक संघ रामापुर क्याम्पस ईकाई सभापति  सभापति प्रेम पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम सैनामैना ६ सहित नारायण पोखरेल रामापुर क्याम्पसको प्राङ्गणमा भएको थियो भने किरण तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com