About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
राष्ट्र सङ्घले अनुमोदन गर्‍यो नेपाल लाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव

Darpanpost बिहिबार, मंसिर ०९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – नेपाल लाई संयुक्त राष्ट्र सङ्घको महासभाले आउँदो सन् २०२६ सम्ममा अल्प विकसित देशबाट मध्यम स्तरको विकासशील देशमा स्तरोन्नति गर्ने सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।

त्यस प्रस्ताव लाई अनुमोदनका लागि संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले दिनुभएको जानकारी अनुसार नेपालको स्तरोन्नति सम्बन्धी प्रस्ताव लाई पाँच वर्षको तयारी अवधि सहित राष्ट्र सङ्घले हिजो बुधवार अनुमोदन गरेको हो ।

त्यस अवसर लाई सम्बोधन गर्दै राईले नेपालले आउँदो पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

राईले अगाडि भन्नुभयो, ‘नेपाल सरकारले स्तरोन्नति सम्बन्धी रणनीति तर्जुमा समेत गरिसकेको छ, अब पाँच वर्षभित्र अर्थतन्त्रको संरचना तयार पारेर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने अवसर हो ।’

राईले नेपालले स्तरोन्नतिका लागि गरेको मेहनत लाई कार्यान्वयन तहमा पुर्‍याउँन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुुभयो, ‘सन् २०२६ पछि थपिन सक्ने चुनौती लाई सम्बोधन गर्न समेत हामीले आग्रह गरेका छौँ, यसमा विकास साझेदार संस्थाहरू सँग छलफल गरेर एउटा निर्णयमा पुग्ने नै छौँ ।’

नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्ताव सम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो ।

राष्ट्र सङ्घले विभिन्न मापदण्डका आधारमा तयार पार्ने अल्पविकसित देशहरूको सूचीमा नेपाल सन् १९७१ मा सूचीकृत भएको थियो । पचास वर्षपछि नेपालले विश्वमान चित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचीकृत गर्न सफल हुनु नेपालका लागि एक महत्त्वपूर्ण अवसर हो ।( रासस)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com