About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
कांग्रेस १४ औँ महाधिवेशन अन्तर्गत देशभर बाट तीन हजार पाँच सयभन्दा धेरै प्रतिनिधि चयन

Darpanpost बिहिबार, मंसिर ०९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत
देशभर बाट तीन हजार पाँच सय भन्दा धेरै महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
अहिले सम्म तीन हजार ५ सय १० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिले सम्म १ सय ३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको छ ।
कांग्रेसको विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ ।
सचिव श्रेष्ठले अब ३० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेको जानकारी दिनुभयो ।
ती क्षेत्रबाट महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिमा २६ जनाको दरले ७ सय ८० जना महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छ । यस बाहेक पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेका जनसम्पर्क समिति बाट पनि महाधिवेशनमा प्रतिनिधित्व हुने व्यवस्था छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बर्दिया, बाँके, सप्तरी, सिरहामा आज क्षेत्रीय अधिवेशन हुँदैछ । सर्लाहीमा पनि महाधिवेशन प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृत खटिएका छन् ।

(उज्यालो बाट )

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com