About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
दुधको मूल्य ह्वात्तै बढाउने तयारी

Darpanpost बिहिबार, मंसिर ०९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ। सो छलफल बाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ।
बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धि गर्ने विषयमा सरोकारवालासँग छलफल गरिसकेको र त्यसबारे मन्त्रालयलाई जानकारी गराइसकेपछि थप प्रव्रिmया अगाडि बढ्ने बताए । बोर्डसँग भएको छलफलमा किसान तथा उद्योगीले आआफ्नो तर्फबाट मूल्य प्रस्ताव गरेका छन्। किसानको तर्फबाट केन्द्रीय दुुग्ध सहकारी सङ्घ लिमिटेडले प्रतिलिटर १४ रुपैयाँ र डेरी उद्योगीबाट नेपाल डेरी एसोसिएसन तथा डेरी उद्योग सङ्घले १० रुपैयाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन्। त्यस्तै सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डीडीसी०ले पनि अध्ययन गरेर दूधको मूूल्य वृद्धि हुुनुपर्ने भनेको छ भने केन्द्रीय पशुपालन सहकारी सङ्घले हालको मूल्यमा २० प्रतिशत थपेर मूल्य वृद्धि गर्नुुपर्ने प्रस्ताव गरेको छ।
यता सरकारले प्रतिलिटर छ रुपैयाँ वृद्धि गर्ने मनस्थिति बनाएको छ। यी सबै प्रस्ताव मात्र हुन्। बोर्डले यी सबै विषयको बारेमा मन्त्रालयलाई जानकारी गराई सकेपछि थप अध्ययनका लागि एउटा समिति बनाउने र सो समितिले दिने प्रतिवेदनका आधारमा मूल्य वृद्धि गर्ने राष्ट्रिय दुुग्ध विकास बोर्डको तयारी रहेको छ। गोरखापत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com