About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
कास्कीमा एक हजार नौ सय २० किशोर किशोरीले फाइजर खोप लगाए

Darpanpost बुधबार, मंसिर ०८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

कास्की -कास्कीमा १२ वर्षभन्दा माथिका किशोर किशोरी लगाइने कोरोना विरुद्धको फाइजर खोप एक हजार ९२० जनाले लगाएका छन् । कास्कीमा पहिलो चरणमा उपलब्ध दुई हजार १०० खोपमध्ये सम्म मङ्गलबार सम्म एक हजार ९२० जनाले लगाएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोरोना फोकल पर्सन डा शरद बरालले जानकारी दिए ।

उनका अनुसार जिल्लामा गत कात्तिक २८ देखि यही मङ्सिर ३ गतेसम्म उक्त उमेर समूहका दीर्घरोगी लाई प्राथमिकता दिएर प्रदान गरिएको र बाँकी अरू किशोर किशोरीका लागि प्रदान गरिएको थियो । उजले बाँकी खोप आज प्रदान गरिने बताए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोर किशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२ हजार ८४३ रहेका छन् । पहिलो चरणमा भाइजर खोप गण्डकी प्रदेशका कास्की र धौलागिरिका दुई अस्पताल बाट सञ्चालन गरिएको हो । धौलागिरिमा बुधबार सम्म एक हजार ९६ जनाले लगाएका छन् ।

अमेरिका सहित विभिन्न देशमा कोभिड विरुद्ध प्रयोग गरिएको फाइजर खोप नेपालमा पहिलो चरणमा एक लाख ६२० खोप देशका विभिन्न २५ वटा अस्पतालहरुमा सञ्चालन भएका छन् । यो खोप नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका किशोर किशोरीमा दिइएको छ । अहिले सम्म नेपालमा कोभिसिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ ।(रासस)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com