About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
निर्वाचन आयोगले मंसिर १७ गतेदेखि देशैभर मतदाता नामावली संकलन सुरु गर्ने

Darpanpost सोमबार, मंसिर ०६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ ।
७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालय बाट हाल भइरहेको मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिँदै मंसिर १७ गतेदेखि ती कार्यालय रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलन हुने आयोगले जनाएको छ ।
आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव
गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो ।
हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ ।
आयोगले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त
गरेकाहरुको विवरण संकलन गर्ने गरेको छ तर मतदाता नामावलीमा नाम भने १८ वर्ष पूरा भएपछि मात्र समावेश हुनेछ ।
आयोगले मंसिर १७ गतेदेखि सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लाका नागरिकको पनि विवरण संकलन गर्ने भएको छ । हाल स्थायी ठेगाना रहेका जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संङ्कलन भइरहेको छ ।
मतदाता नामावली संकलन विशेष कार्यक्रममा देशभर करिव २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com