About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
संसारकै एउटा विरही गीत, जसलाई ६२ वर्ष लगाइयो प्रतिबन्ध

Darpanpost शुक्रबार, मंसिर ०३, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

मानिस प्रेममा हुँदा रोमान्टिक गीत मन पराउँछ । मन दुख्दा दुःख र विरहका गीत सुन्न मन पराउँदछ ।

कतिपय यस्ता गीतहरू हुन्छन् जसलाई पटक(पटक सुन्न मन लाग्दछ । यस्ता केही गीत(संगीत हुन्छन् जुन सुनिसकेपछि मानिसहरू अकारण नै दुःखी हुन्छन्, छटपटाउँछन् ।

त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले आत्महत्या गरे । उक्त गीतलाई मानिसहरू संसारकै सबैभन्दा विरही तथा विषादपूर्ण गीत अर्थात त्जभ ज्गलनबचष्बल क्गष्अष्मभ क्यलन पनि भनिन्छ ।

यो गीत यति खतरनाक थियो कि धेरै मानिसहरूले आत्महत्या गर्न थालेपछि गीतमाथि प्रतिबन्ध नै लगाउनु परेको थियो, र त्यस्तो प्रतिबन्ध ६२ वर्षसम्म कायम रह्यो ।

उक्त गीतको बोल ग्लूमी सन्डे ९न्यियmथ क्गलमबथ० हो । हंगेरीका संगीतकार रेजसो सेरेसले तयार गरेका थिए । सन् १९३३ मा उनले ग्लूमी सन्डे वा स्याड सन्डेको नामबाट उक्त गीततयार पारेका थिए । उनले उक्त गीतलाई प्रेमसँग जोडेर तयार गरेका थिए । तर गीतले यतिधेरै पीडा थपिदियो कि यो गीत सुनिसकेपछि मानिसहरू आफैं रुने गर्दथे ।

गीतमा यतिधेरै पीडा थियो कि गीत सुनेर केही मानिसहरूले आत्महत्या गरे । ग्लूमी सन्डे गीत सुनेर सबैभन्दा पहिले आत्महत्या गरेको घटना बर्लिनमा सार्वजनिक भयो । त्यहाँ एक युवकलाई गीत सुनिसकेपछि यतिधेरै पीडा परेछ कि उनले आफैंलाई गोली हानेर हत्या गरे । त्यस्तै न्युयोर्कमा एक वृद्धले गीत सुनेर ७औँ तलाबाट हाम फालेर आत्महत्या गरे भने हंगेरीमा एक १७ वर्षीया किशोरीले नदीमा हाम फालेर आत्महत्या गरिन् ।

गीतका कारण आत्महत्याका घटनामा वृद्धि भएसँगै उक्त गीतलाई ६२ वर्षका लागि प्रतिबन्धित गरियो । उक्त गीत सुनेर कसैले आत्महत्या नगरुन् भन्नका लागि गीतलाई पुनः कम्पोज गरिएको थियो । तर त्यसपछि पनि आत्महत्याको क्रम रोकिएन । अन्ततः सन् १९४१ मा गीतलाई प्रतिबन्धित गरिएको थियो ।

यद्यपि सन् २००३ मा यो गीत माथिको प्रतिबन्ध हटाइएको थियो । यो गीत अहिले युट्युबमा पनि उपलब्ध छ ।

तर आजका मानिसहरू आखिर यो गीतमा के त्यस्तो चिज छ जसका कारण इतिहासमा मानिसहरुले भटाभट आत्महत्या गरेका थिए भन्ने कुरा बुझ्न सकेका छैनन् ।

यो विरही गीतका रचनाकार रेजसो सेरेजले पनि वास्तवमा प्रेम सम्बन्ध टुटेपछि यो गीत लेखेका थिए । उनकी एक प्रेमिका थिइन् जसलाई एनी निकै प्रेम गर्दथे । अर्कोतर्फ उनले आफ्नो पहिचान स्थापित गर्नका लागि संघर्ष गरिरहेका थिए तर सफलता मिलिरहेको थिएन । उनी राम्रो पियानोबादक थिए र त्यहीँ क्षेत्रमा करिअर बनाउन चाहन्थे तथापि सफलता मिलिरहेको थिएन । त्यहीँ सयमा उनकी प्रेमिकाले उनलाई धोका दिइन् । प्रेममा पाएको धोकाले सेरेस विक्षिप्त बने र प्रेमिकाको यादमा एक गीत तयार पारे ।

उक्त गीत विस्तारै यतिधेरै लोकप्रिय बन्यो कि प्रेममा धोका खाएकाहरुको मनपर्ने गीत बन्यो । साथै उक्त गीत सुनेर आत्महत्या गर्ने सिलसिला पनि सुरु भयो ।

(एजेन्सीको सहयोगमा)

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com