About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
जब डाक्टरले गाईको गोबर खाए …..

Darpanpost शुक्रबार, मंसिर ०३, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

गाईको पिसाब तथा गोबर मानिसको स्वास्थ्यका लागि लाभदायक रहेको भनेर आयुर्वेद तथा परम्परागत उपचार पद्धतिमा भन्ने गरिएको त सुनिएकै हो । स्वास्थ्यका लागि भन्दै कतिपय मानिसहरूले गाईको गहुँत पिएको पनि देखेका छौँ । तर छिमेकी मुलुक भारतका एकजना चिकित्सकले भने गाईको गोबर नै खाएका छन् ।

गाईको गोबर खानुका फाइदा बखान गर्दै ती डाक्टरले गाईको गोबर खाएको भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।

स्वास्थ्य लाई फाइदा गर्दछ भनेर गोबर खाने ती डाक्टरको नाम मनोज मित्तल भएको बताइएको छ । गौमूत्र तथा गाईको गोबरको सेवनले विभिन्न गम्भीर रोगबाट छुटकारा मिल्ने दाबी उनको छ ।

सोसल मिडियामा भाइरल उक्त भिडियोमा डाक्टर मित्तलले क्यामराकै सामुन्नेमा जमीन बाट गाईको गोबर उठाएर क्वाप्पै खाएको देख्न सकिन्छ । गोबर खाने बेला उनले गोबरका फाइदाका बारेमा बखान गरेका छन् । उनी भन्छन्, ‘गाईबाट पञ्चगव्य प्राप्त हुन्छ, जसको एक एक हिस्सा मनुष्यको लागि फाइदाजनक छ । गाईको गोबर खानाले हाम्रो तनमन शुद्ध हुन्छ । एक पटक मात्र भए पनि गाईको गोबर खानाले हाम्रो आत्मा पवित्र हुन्छ ।’

चिकित्सा डाक्टर भन्नेले नै गाईको गोबर लाई औषधि दाबी गर्दै खाएको उक्त भिडियोका बारेमा सोसल मिडियामा विभिन्न टिका टिप्पणी भएका छन् । मानिसहरूले उनको त्यस्तो दाबीमा प्रश्न चिह्न खडा गरेका छन् ।

कतिपयले त डाक्टरको पढाइ नै डिग्रीमै प्रश्न उठाएका छन् । केही चाहिँ उनको कुरामा सहमति जनाएका छन् ।

ती डाक्टरले आफ्नो ट्वीटर प्रोफाइलमा आफू एमबीबीएस तथा एमडी डाक्टर भएको उल्लेख गरेका छन् ।

(एजेन्सी)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com