About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
पुसको १४ र १५ गते साधारण सभा गर्ने क्यानको निर्णय

Darpanpost मंगलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ ( नेपाल क्रिकेट सङ्घ ९क्यान० ले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ।

क्यानको आज बसेको बोर्ड बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति समेत गठन गरेको छ ।

ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग दुई अन्तर्गत अमेरिका र ओमान विरुद्धको शृङ्खलापछि तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर बाहिरिँदा नेपाली पुरुष क्रिकेट टोली प्रशिक्षक विहीन छ ।

क्यानले कातिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ६० जनाले निवेदन दिएका छन् ।

मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक बहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एक जना आईसीसी प्रतिनिधि रहनेछन् ।

त्यस्तै बैठकले सङ्घको विधानअनुसार चार वर्षे कार्यकाल समाप्त भएका जिल्ला क्रिकेट सङ्घहरूको अधिवेशन आउँदो माघ ७ भित्र सम्पन्न गर्न सम्बन्धित सङ्घलाई निर्देशन समेत दिएको छ । साथै बैठकले सङ्घको आर्थिक कार्यविधि पारितसमेत गरेको छ ।

बैठकले प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेसम्म सम्पन्न गर्ने लगायतका निर्णय गरेको छ ।
(उज्यालो बाट )

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com