About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
गीता पाण्डेको चाहेको बाटो गीत सार्वजनिक

Darpanpost आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाडौं – गायिका गीता पाण्डेले महान चाडहरुको अवसर पारेर चाहेको बाटो गीत सार्वजनिक गर्नुभएको छ । भैरब नाथ रिमाल कदमको शब्दमा शुभ बहादुर सुनामको संगीत, देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वोरांकन रहेको छ ।
वरिष्ठ गीतकार भैरब नाथ रिमाल कदम जीवन जगतका आरोह अवरोह छिचोल्दै, दुख सुखका पाटालाई स्वीकार्दै, नियती र विपत्तिका आयाम लाई भोग्दै एक कर्मठ व्यक्ति आफ्नो कर्ममा जुटिरहन्छन् निरन्तर ।

स्वर सम्राट नारायण गोपाल, अरुणा लामा, तारादवी, फत्तेमान, दीप श्रेष्ठ, अरुण थापा, मधु क्षेत्री जस्ता गायक गायिकाहरुले उनका शव्दमा आवाज भरेका छन् । गीतकार रिमालका केहि कालजयी गीतहरु जुन फूल मैले,हँ यात्री,जिन्दगीको पानभरी,उदास मेरो,तिम्रो सिउँदो सजाईदिने ‘ जस्ता दर्जनौ गीतहरु छन्।
संगीतकार शुभ बहादुर सुनामले ७७५ भन्दा बढी गीतमा संगीत गरिसक्नु भएको छ। त्यसमा चलचित्र,भजन,आधुनिक,टी भी सीरीयल,पप,बाल गीत,राष्ट्रिय गीत लगायत छन्।
उहाले अधिकांश संगीत तारा देवी श्रेष्ठ ,प्रेम ध्वज प्रधान, मीरा राणा,अनुराधा पौड्याल,कविता कृष्णमुर्ति,कुमार बस्नेत, प्राश्ना शाक्य, लगायत नयाँ गायिकामा गीता पाण्डेको रहेको छ ।

रेलीमै रेलीमै रेलीमै, चिसो चिसो हावामा,हु यात्री एउटा,पर लैजाऊ फूलहरु,गोरेटो त्यो गाउको ,यो नानी को शिरैमा, जस्ता दर्जनौ गीतहरु छन्।

देवेन्द्र नेवा नेपाली संगीतमा गीत संयोजक ३० वर्ष लगातार नेपाली संगीतमा समर्पण नाम हो । लगभग ८ हजार जति गीतमा गीत संयोजक भै सक्नु भएको छ । उहाका पनि धेरै नै गीतहरु लोकप्रिय छन् । पछिल्लो समय बजारमा मदन कृष्ण श्रेष्ठले गाउनु भएको ुजीवनको पानाु श्रोताले धेरै रुचाएको गीत हो ।गायिका गीता पाण्डेसंग यो गीत उहाको पहिलो र आगामी दिनमा अरु नया गीतहरुमा सहकार्य हुने बताइएको छ ।

“ यो मेरो सौभाग्य हो, मैले नेपाली आधुनिक सङ्गीतका नक्षत्रहरू भैरब नाथ रिमाल कदम र शुभ बहादुर सुनाम निम्ति गाउने मौका पाए। मेरा निम्ति संगीतकार शुभ बहादुर सुनामले सधैं नौलो प्रवृत्ति र धारको सिर्जना गरिदिनु भयो साथै साधुवाद संगीत संयोजक देवेन्द्र नेवाको सहयोग प्रति आफुले सकेको राम्रो प्रस्तुत गरेको र अझै धेरै सिक्दै जाने छु “ गायिका गीता पाण्डेले भन्नुभयो
कोरोनाको कहरका कारण गीतको भिडियो भने अहिले लिरिकल रुपमा निर्माण गरिने छ ।

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com