About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
जनज्योति युवा क्लब स्याङ्जाको आयोजनामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

Darpanpost सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

स्याङ्जा- स्याङ्जाको जनज्योति क्लब कालीगण्डकी ३, आलमदेवी देउरालिले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ को आयोजना गर्ने भएको छ। क्लबले बिगत ३५ वर्ष देखि हरिबोधनी एकादशीको अवसर पारेर पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यो वर्ष भने राष्ट्रको लागि खेलकुद , स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने क्लब अध्यक्ष टोप बहादुर रानाले जानकारी दिनुभयो। क्लबले पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारेमा बिस्तृत जानकारी दिएको अध्यक्ष रानाले जानकारी दिनुभयो।

प्रतियोगितामा सहभागी हुनका लागि समूह दर्ताको लागि पालिकाको लेटर हेडमा आधिकारिक छाप सहित वा क्लबको लेटरहेडमा आधिकारिक छाप सहित कार्तिक २६ गते मध्याह्न १२ बजे सम्म तोकिएको छ। प्रतियोगितामा समूह दर्ताको लागि रु ५ हजार तोकिएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १ लाख , शिल्ड , मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार नगद रु ५० हजार शिल्ड , मेडल र प्रमाणपत्र , तृतीय पुरस्कार नगद रु २५ हजार , शिल्ड , मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद रु १५ हजार र प्रमाणपत्र रहेको छ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार राखिएको छ भने बेस्ट प्लेयर , वेस्ट डिफेन्डर तथा वेस्ट स्पाइकर लाई जनही रु २ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ।

खेल अवधिमा स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमहरुको आयोजना समेत रहने क्लबले जनाएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com