About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
पीएसजीको जितमा नेयमारले दुई गोल

Darpanpost आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं ।  फ्रेन्च लिग वान फुटबलमा पीएसजीले जित हात पारेको छ। शनिबार राति सम्पन्न खेलमा पीएसजीले बोर्डोमाथि ३–२ को जित निकालेको हो। पीएसजी लियोनल मेस्सी बिना नै मैदान उत्रिएको थियो। उनी घुँडाको चोटबाट मैदानबाहिर रहेका छन्।

पीएसजीको जितमा नेयमारले दुई तथा केलियन एम्बाप्पेले एक गोल गरे। खेलमा २६औं मिनेटमा पीएसजीले नेमायरको गोलमा अग्रता लिएको थियो। केलियन एम्बाप्पेको पासमा नेयमारले गोल गरेका थिए। पहिलो हाफको अन्तिमतिर एम्बाप्पेकै पासमा नेयमारले दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

खेलको ६३औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ३–० को स्थितिमा पुर्याएका थिए। त्यसपछि घरेलु टोली बोर्डोले दुई गोल फर्कायो ।

खेलको ७८ औं मिनेटमा अल्बर्थ इलिसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए। खेलको इन्जुरी समयमा मबेय नियाङले गोल गरे पनि हार टार्न सकेनन् ।

जितसँगै पीएसजीले दोस्रो स्थानको लेन्ससँग १० अंकको स्पष्ट अग्रता बनाएको छ। शीर्ष स्थानको पीएसजीको ३४ अंक भएको छ। बोर्डो १२ अंक सहित रेलिगेशन जोनभन्दा दुई स्थान मात्र माथि छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com