About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
नेपाल हेल्पद्वारा विद्यालय तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

Darpanpost बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

विवश विष्ट ,गुल्मी ।जिल्लाको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्ग स्थित ओख्लेदह प्राथमिक विद्यालय लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल हेल्प नामक गैर सरकारी संस्थाद्वारा विद्यालय लाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

बिहिवार विद्यालयको प्राङ्गणमा गरिएको एक हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल हेल्पका कार्यकारी प्रमुख कृष्ण ढकालले यसरी सहयोग गर्न पाउँदा खुसी भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिष्टको अध्यक्षतामा कार्यक्रम गर्दै सहयोग प्रदान गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल हेल्पका कार्यकारी प्रमुख कृष्ण ढकाल रहनु भएको थियो ।

गैर सरकारी संस्था नेपाल हेल्पले जर्मनीहरुको सहयोगमा यो सामाग्री हस्तान्तरण गरेको हो । यस बाहेक यस संस्थाले देशका विभिन्न स्थान र विश्वका विभिन्न देशहरुमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ । जर्मनबाट उपस्थित डाक्टर क्लजले यसरी यस विद्यालय लाई पनि सहयोग गर्न पाउदा खुसी व्यक्त गर्नु भएको छ । उहाले आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिहरुमा जर्मन प्रो। माइकल र डाक्टर क्लजको उपस्थित रहेको थियो । मदाने सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख यमलाल भुषाल, पत्रकार विवश विष्ट, मदाने सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारी माधव भुषाल, प्रकाश भण्डारी, विद्यालयका प्रधानाध्यापक अर्जुन राउत, द सनराईज युवा क्लबका अध्यक्ष महेन्द्र जिसी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष लाल बहादुर विष्ट, भगत बोहोरा लगायत विद्यार्थी र अभिभावकहरुको उपस्थित रहेको थियो । उपस्थित सबै अतिथिहरुलाई खादा, मालाले स्वागत तथा सम्मान गरिएको थियो ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल हेल्पद्वारा विद्यार्थी हरुलाई कापी, कलम, झोला तथा विद्यालयलाई ह्वाटबोर्ड, मार्करहरु, डस्टरहरु, रोस्ट्रम, पेन्सिल, कार्पेट, कुशन लगायतका करिब ३ लाख भन्दा बढी रकमका सामाग्री हस्तान्तरण गरिएको र बाकी रहेका केही सामाग्रीहरु पछि वितरण गरिने बताइएको छ । आठ हजार भन्दा बढी कापी कलम विद्यार्थीलाई प्रदान गरिएको छ भने विद्यार्थीहरुलाई झोला पछि वितरण गरिने छ । कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका शुसिला चन्द घर्तिले राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com