About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले म र विद्यालयको मानमर्दन गरेका छन् ; प्रअ हसन

Darpanpost मंगलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

कपिलवस्तु । स्थानीय राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले विद्यालय र मेरो मानमर्दन गर्न आर्थिक लेनदेनको निरधार ,झुठो अफवाह फैलाएको प्रधानाध्यापक मुनिजर हसनले बताएका छन् ।

जिल्लाको विजयनगर गाउंपालिका केहीदिन देखि वडा ३ मा रहेको भुवनेश्वरी मावि जगदीशपुरमा ल्याब असिस्टेन्ट पदको भर्ना गर्न आर्थिक चलखेलको समाचार विभिन्न सञ्चार माध्यममा आईरहंदा प्रधानाध्यापक मुनिजर हसनले पत्रकार सम्मेलन गरि आफुले कुनै प्रकारको रकम माग नगरेको बताएका छन । उनले आफु दोषी भएको प्रमाणित भयो भने कानुनमा रहेको सजाय प्रावधान सहर्ष स्विकार गरि प्रअ पदबाट समेत राजिनामा दिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद यादवले लडाई चौधरी आफ्नो छोराका लागि निरन्तर आफु लगायत अन्य पदाधिकारीलाई भेटेर ल्याब असिस्टेन्ट पदमा भर्ना गर्नु हुन निरन्तर दबाव दिदै आएको बताए । उनी जसरी पनि गरिदिनुस भनेका थिए राजनितिक षड्यन्त्रमा फसेर प्रअ हसन र विद्यालय व्यवस्थापन समितिमाथि समेत आरोप लगाएकाले हामी सबैको मानमर्दन भएकोले विजयनगर गाउंपालिका लगायत सम्बन्धित निकायलाई यथा शीघ्र उचित कार्यवाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।
विद्यालयले भदौं २० मा ल्याब असिस्टेन्ट पदमा विज्ञापन खुलाएको थियो त्यसमा लडाइ चौधरीको छोरा विवेक चौधरी लगायत कुल ४ जना फार्म भरेका थिए तर विवेक चौधरि परीक्षा दिन नपुगेको र सोहि दिन लडाई चौधरीले फोन गरि पैसा मागेका थिए । चौधरीले विद्यालय प्रांगणमा गालीगलौज गरेको विधालय व्यबस्थापन समिती सदस्य गल्लु खानले जानकारी गराए। उनी भन्छन लडाई चौधरी छोरालाइ भर्ना गराउन प्रअ हसन लाई पटक पटक सम्पर्क गरेको तर विफलता हात आयो त्यसपछि झुठो आरोप फैलाएका हुन ।
सो पदका लागि लिईएको परिक्षामा कुनै विद्यार्थी पास भएन्न , त्यसपछि विद्यालयले १५ दिने अर्को विज्ञापन गरेको छ ।

साभार कपिलवस्तु टाइम्स डटकम ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com