About Contact
१६ मंसिर २०७८, बिहिबार
Close
बिज्ञापन
‘श्रीराम राईको ‘पोलेको मकै’ बजारमा

Darpanpost शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो।
१० बर्से शिक्षण पेशा छाडी २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा संग्रहमा ‘मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ बालकथा छन्।
‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ। बालकथा संग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामूलक र उत्तिकै रमाइला लाग्ने कथाकार राईले बताए।
हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैयाँ रहको छ। सर्जक गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको संग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन्।
स्रष्टा राईका यसअघि बालकथा संग्रह ‘टोली नेता’ २०७४, ‘आजका लघुकथा’ संयुक्त लेखन २०७४ लगायतका कृति प्रकाशित छन्।
विशेषगरी बालकथामा दखल राख्ने राई लघुकथा, कविता, गीत, गजल, समीक्षामा पनि उत्तिकै सशक्त छन्। रावासावा प्राज्ञिक समाज नेपालका सदस्य रहेका राई संसाक भवानी–शंकर लघुकथा सम्मान, इडन ब्रिज एकेडेमी बाल साहित्य÷पत्रकारिता सम्मान लगायतबाट सम्मानित भइसकेका छन्। हाल उनी लघुकथा सौन्दर्य, इन्द्रेनी रङ, इला खिम, बालापन लगायतका फेसबुक पेजका एडमिन छन्।
राईसँग राहत शिक्षक संघर्ष समिति खोटाङको मुखपत्र ‘शैक्षिक पैरवी’ तथा अन्य साहित्यिक पत्रपत्रिका सम्पादन गरेको अनुभव छ। उनी लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङको अध्यक्ष पनि हुन्।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राजनीतिक दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्छ – प्रधानमन्त्री देउवा
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  ६१ जिल्लामा अधिवेशन सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com