एजेन्सी
जापानकी राजकुमारी माको नैसिन्नोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन्। विवाह सँगै उनले आफ्नो सम्पूर्ण राजकीय अधिकार, सेवा सुविधा गुमाएकी छन्।
जापानमा शाही परिवारका महिला सदस्यले सामान्य मान्छे सँग विवाह गरेमा सम्पूर्ण राजकीय सेवा सुविधा गुमाउनुपर्ने हुन्छ। त्यो बाहेक विवाह गरेर जाँदा सबै महिला सदस्यले परिवार बाट पाउने उपहार तथा रकम लिन पनि माकोले नलिने घोषणा गरेकी छन्।
जापानी राज परिवारमा दुवै सुविधा बहिष्कार गर्ने उनी पहिलो महिला सदस्य हुन्।
कोमुरो अमेरिकामा वकिलको काम गर्छन्। विवाह पछि दुवैजना अमेरिकामै रहने योजना रहेको बताइएको छ।
यो घटना लाई बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलको विवाह सँग दाँजिएको छ। २०१८ मा ह्यारीले पनि राज दरबारको सबै सुविधा छोडेर अभिनेत्री मार्कल सँग विवाह गरेका थिए। माको र कोमुरो लाई जापानका ह्यारी र मेगन भन्न थालिएको छ।
माको सँगको सम्बन्ध सार्वजनिक भएपछि कोमुरो पनि जाँचको दायरामा आएका छन्। कोमुरो जापान आउँदा कपाल पछाडि बाँधेकोमा राज परिवारको सदस्य बन्न अयोग्य भन्दै आलोचित हुनु परेको थियो।
राजकुमारी माको आफ्ना बाबुआमा र राजकुमार फुमिहितो सँग बिदा मागेर सोमबार बिहान १० बजे दरबार बाट निस्किएकी थिइन्।
जापानको सरकारी समाचार एजेन्सी ९आइएचए०का अनुसार माको र कोमुरोको सम्बन्ध सार्वजनिक भएपछि राजकुमारी माकोले गम्भीर मानसिक समस्याको सामना गर्नुपरेको थियो। जापानमा उनीहरूको सम्बन्ध लाई विवादित मानिएको छ।
राजकुमारी माको र कोमुरोको सन् २०१७ मै इङ्गेजमेन्ट भएको थियो। त्यसको अर्को वर्ष नै विवाह गर्ने भनेको जोडीको विविध कारणले विवाह हुन सकेको थिएन।
दुवैजना कलेज पढ्दा देखि नै प्रेम सम्बन्धमा थिए।