About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
इजरायल रोजगारी : नेपाली कहिलेबाट जान पाउँछन् ?

Darpanpost बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । इजरायल रोजगारीका लागि नेपाली कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बुधबार इजरायल सरकारसँग छलफल गरी कहिले‚ कति, कसरी पठाउने भन्ने टुंगो लाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ।

इजरायल सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि पहिलो चरणमा एक हजार कामदार माग गरेको छ। रोजगारीका लागि परीक्षामा एक हजार ६०० जना छनोट भएका थिए। जसमध्ये चिठ्ठा प्रक्रियाबाट १ हजार १७५ जना छनोट भएका छन्। चिठ्ठा प्रक्रियाबाट छनोट भएका सबै पठाउने वा एक हजार जना मात्र पठाउने भन्ने विषयमा बुधबार छलफल हुने वैदेशिक रोजगार विभागका इजरायल शाखा प्रमुख डम्बर सुनुवारले बताए।

विभागले भाषा परीक्षा र अन्तर्वार्ताबाट छानिएकाको सूची गत १० असोजमा सार्वजनिक गरेको थियो। नेपाल र इजरायल सरकारबीच भएको श्रम सहमतिअनुसार ७० प्रतिशत महिला कामदार र ३० प्रतिशत पुरुष कामदार छनोटमा परेका विभागले जनाएको छ।

चिट्ठाबाट छनोट भएका कामदारको सूची तयार पारी नेपालस्थित इजरायली राजदूतावासमार्फत पिआइबिएमा पठाइने विभागले जनाएको छ। अन्तिम सूचीमा परेका कामदारलाई चिठ्ठाबाट छनोट गर्ने काम इजरायलस्थित पपुलेसन इमिग्रेसन र बोर्डर अथोरिटी ९पिआइबिए०ले गर्ने छ। पिआइबिएको मागअनुसार कामदार पठाउन सुरु गरिने शाखा प्रमुख सुनुवारले बताए।

यसअघि सरकारले सन् २०१५ मा इजरायल रोजगारीमा लागि नेपाली पठाउन सुरु गरेको थियो। इजरायल सरकारले प्रविधिक कारण देखाउँदै नेपालबाट सन् २०१८ बाट कामदार लिन छाडेको थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com