सुबिन विश्वकर्मा ,सुनसरी-नेपालको कुनै एक युवालाई यहाँको प्रमुख समस्या के हो भनेर सोध्ने हो भने झट्ट उसको मस्तिष्कमा आउने शब्द हुन्छ, बेरोजगारी । विषेशगरी देशका युवा पिडी यस समस्याबाट यसरी पिल्सिएका छन् कि उनीहरू सोच्छन्, अबको गन्तव्य विदेश नै हो । सामान्यतया कुनै एक स्थानमा रोजगारीको अबसर प्राप्त भयो भने सोर्स, पावर र कुनै सम्झौता नगरी त्यहाँ काम पाइदैंन । अर्को तर्फ व्यवसायीहरूले पनि योग्य, ईमानदार र कर्मशील कामदार नपाई सोर्स(फोर्सको माध्यम बाट आएका कच्चा कामदार पाउने अबस्था ब्याप्त छ ।
देशमा व्याप्त बेरोजगारी र व्यवसायीले भनेजस्तो कामदार नपाउनु आजको नेपालको प्रमुख समस्या भइरहदा नेपालमा भनेजस्तो रोजगार पाइँदैनु भन्ने मानसिकताले विदेश पलायन हुन खोज्ने शैक्षिक बेरोजगारको सङ्ख्या दिन दुई गुणा रात चौगुणा बढेको अवस्था छ भने सँगै व्यवसायीले आफूले भनेजस्तो कामदार नपाउँदा आफूले गरेको व्यवसायमा उचित प्रतिफल पाउन नसकेको व्यबसायीहरु गुनासो गर्दछन् । विश्व प्रविधिमय बनिरहँदा नेपाल पनि त्यसवाट अछुतो भने रहेको छैन । तर प्राविधिक ज्ञान हुने युवायुवती विदेश पलायन हुदा नेपालमा प्रविधिमैत्री ब्यबसाय सञ्चालन गर्न एकदमै कठिन देखिन्छ ।
बेरोजगारी नै वर्तमान नेपालको प्रमुख समस्या हो भने यसको समाधान चाहिँ के हो तरु यसको जवाफ जोगाडु कम्पनीसँग छ ।
जोगाड कम्पनी स्थानीय युवाहरू मिलेर सुरु गरिएको व्यवसायिक सेवा हो । यसको स्थापना २०७८ मा विराटनगर वडा नं। ७ मोरङमा भएको हो भने प्रबन्ध निर्देशक सुरेश मिश्र हुन् । देशको यो किसिमको बेरोजगारी बाट कुनैबेला म आफै पनि पीडित थिए । मिश्र भन्छन्, त्यसैले युवावर्गको समस्या केही मात्रामा समाधान गर्ने कोसिसले यस् कम्पनीको जन्म भएको हो । यसको प्रमुख उदेश्य अनलाइन प्रविधिको माध्यबाट विभिन्न सेवा गर्नु हो । यसले आफ्नो
www.jogaad.com नामको आफ्नै वेब ठेगाना मार्फत विभिन्न प्रकारका अनलाइन सेवाहरू प्रदान गरिरहेको छ । यस्ता सेवाहरूमा अनलाइन मोटरसाइकल मर्मत सेवा, अनलाइन माध्यमबाट मोटरसाइकल पार्टस् बिक्री वितरण, विभिन्न सामानहरू अनलाइन डेलिभरी लगायतका सेवाहरू प्रदान गर्दै आएको छ । बद्लिदो बिज्ञान तथा प्रबिधिको युगमा धेरै मानिसहरू अनलाइन सर्भिसमा भरपर्ने अबस्थालाई मध्यनजर गर्दै सेवा सुरु गरिएको कम्पनीको भनाइ छ ।
त्यस्तै, यस जोगाड सर्भिसले ‘जनशक्ति जोगाड‘ को अवधारणा पनि अघि सारेको छ । यस अवधारणाको सफल प्रयोग बाट उद्योगी व्यवसायीले विश्वसनीय जनशक्ति नपाउने तथा जनशक्तिले रोजगार नपाउने हालको समस्या केही भए पनि न्यून गर्न सहयोग पुग्ने छ भन्ने यस कम्पनीको विश्वास छ । यस कम्पनीले उपलब्ध श्रम शक्तिलाई निजी क्षेत्रबाट सिप र प्रविधि युक्त तालिमको प्रबन्ध बाट बेरोजगारी समस्या समाधान गर्न प्रयास गर्छ । यसबाट व्यवसायीहरूले गुणस्तरीय र दक्ष कर्मचारीहरु पाउनेछन भन्ने कुराको विश्वास जोगाड सेवाले लिएको छ ।
समग्रमा रोजगारदाता र दक्ष जनशक्ति बीच सेतु बन्ने उद्देश्यले जोगाड सेवा विराटनगरले ‘जनशक्ति जोगाड’को अवाधारणालाई अघि सारेको हो । यस सेवा अन्तर्गत बेरोजगार जनशक्तिलाई रोजगार हुनका लागि उचित परामर्श, सल्लाह र विभिन्न प्राविधिक प्रशिक्षणमा सहभागी हुन प्रोत्साहन गरेर दक्ष जनशक्तिको निर्माणमा जोड दिने गरेको छ । साथै उपलब्ध दक्ष जनशक्तिलाई विभिन्न उद्योग, व्यवसाय, आदि क्षेत्रमा उपलब्ध गराएर रोजगार हुन मद्दत गर्दछ । यस जोगाड सर्भिसले रोजगारदाता उद्योगी, व्यवसायी तथा जनशक्ति बीचमा रहेको दुरीलाई जोड्ने माध्यम बनेर दुवै पक्षको आवश्यकता लाई पूरा गर्ने काम गर्छ । हाल पुर्वका सिमित स्थानहरु मात्र लक्षित गरि सेवा सुरु गरेको यस् कम्पनीले भविष्यमा देशभर काम गर्ने योजना राखेको छ ।