About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
प्रतिनिधिसभाको बैठक असोज ४ गते सम्मका लागि स्थगित

Darpanpost मंगलबार, भाद्र २९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – प्रतिनिधिसभाको बैठक असोज ४ गते सम्मका लागि स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीकै बीच सुरु भएको आजको बैठकमा ‘विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेपछि बैठक
असोज ४ गते सम्मका लागि स्थगित भएको हो।
सभामुखले एमाले फुटाउन भूमिका खेलेको र पक्षपातपूर्ण व्यवहार गरेको भन्दै लगातार संसद् अवरोध गर्दै आएको छ ।
एमालेकै विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट प्रस्तुत गरिसक्नुभएको छ ।
एमालेले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।
एमालेले माधव नेपाल सहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको छ।
यस्तै बैठकले दुई वटा शोक प्रस्ताव समेत पारित गरेको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com