About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
राप्रपाको सुनसरी क्षेत्र नम्बर ४ कु चौलागाईंको नेतृत्वमा समिति गठन

Darpanpost सोमबार, भाद्र २८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

सुनसरी ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुनसरी क्षेत्र नम्बर ४ कु गठन भएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच किरण चौलागाईंको नेतृत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा अध्यक्ष चौलागाईं सहित उपाध्यक्षद्वय डिल्ली गौतम र धर्म कुमारी शर्मा, सचिव नगेन्द्र थापा र कोषाध्यक्ष जमुना सापकोटा रहेका छन् । त्यस्तै, सदस्यहरुमा इनु अधिकारी, रामबिलास मेहता, भिम बहादुर थापा, सुरेश रसाइली, संगिता भट्टराई, उमेश रायमाझी, किसन सदा, पबीत्रा घिमिरे, संगीता श्रेष्ठ र प्रेमादेबी बडियर्त छन् ।

कार्यक्रममा तत्कालीन प्रदेशसभा ४ कुका संयोजक डिल्ली गौतमको सभाध्यक्षता तथा राप्रपा केन्द्रिय सदस्य इनु अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तै, कार्यक्रममा मिडिया नेपाल प्रदेश नम्बर १ अध्यक्ष बिजय राउत, पुर्व जिल्ला सदस्य राम ठकुरी, बराहक्षेत्र नगर अध्यक्ष अर्जुन भट्टराई, पुर्व नगर अध्यक्ष दिपक कार्की, मेयरका प्रत्यासी उम्मेदवार नेत्र घिमिरे लगायतको उपस्थिति रहेको थियो । क्षेत्रीय अध्यक्ष टेक बहादुर घिमिरेले सञ्चालन गरेको कार्यक्रममा समापन निर्बाचन अधिकृत अर्जुन थापाले निर्बाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्दै समापन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष किरण चौलागाईंले राप्रपा एकजुट भएर लाग्नुपर्ने बताएका थिए । उनले अबको रणनीतिक राप्रपा एकढिक्का हुँदै पार्टीको एजेन्डा सफल पार्नु रहेको बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com