About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
तालिवानद्वारा प्रदर्शनमा उत्रिएका चार जनाको हत्या, हिंसा रोक्न राष्ट्रसंघको माग

Darpanpost आइतबार, भाद्र २७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

एजेन्सी
जेनोभा ।  अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न तालिवान लडाकुले कोर्रा, ढुंगा र बन्दूक समेत प्रयोग गरेका छन् । तालिवानको आक्रमणमा हालसम्म चार प्रदर्शनकारीको ज्यान गएको राष्ट्रसंघले जनाएको छ ।

प्रदर्शनकारीमाथि भएको आक्रमण र दमन रोक्न राष्ट्रसंघले अफगान सरकारसमक्ष माग गरेको छ । ‘अधिकार माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका व्यक्ति र उनीहरुको समाचार लेख्ने सञ्चारकर्मीमाथि गरिएको दमन र पक्राउ तत्काल रोक्न आह्वान गछौं,’ राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्चआयुक्तका प्रवत्ताले एक विज्ञप्तिमा भनेकी छिन् ।

अफगानिस्तानका विभिन्न प्रान्त नियन्त्रणमा लिएका तालिवानले १५ अगस्टमा राजधानी काबुल कब्जा गरेका थिए । लगत्तै अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेनाले राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सेना स्वदेश फर्काउन थालेको थियो । दुई सातामा एक लाख बीस हजार जनाले काबुल छोडेका थिए ।

यसैबीच, राष्ट्रसंघको खाद्य कार्यक्रमले अफगानिस्तानका ९३ प्रतिशतमा पर्याप्त खानाको अभाव भएको जनाएको छ । अफगानिस्तानको सम्पूर्ण जनसंख्या गरिबीमा धकेलिन सक्ने वाल स्ट्रिट जर्नलको एक रिपोर्टमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com