About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
पछाडिएका समुदायको हक अधिकार दिलाउन जसपा नेपाल संघर्ष गर्ने : पूर्व मन्त्री चौधरी

Darpanpost आइतबार, भाद्र २७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रम कृष्णनगरको उद्योग वाणिज्य संघको सभाहालमा जसपा नेपाल कृष्णनगर नगरसमितीको आयोजनामा सम्पन्न भएको छ ।

प्रमुख अतिथी पुर्व मंत्री तथा जसपा‌ नेपालका केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी विशिष्ट अतिथि लुम्बिनी प्रदेश योजना आयोग सदस्य शिवपुजन यादव पुर्व सांसद तथा जसपा नेपालका केन्द्रीय अनुशासन विभागका संयोजक नरसिंह चौधरी र जसपा नेपालका कपिलवस्तु जिल्ला इन्चार्ज तौफिक खान अतिथीमा सामसेवक यादव आरती सिंह जगदम्बा प्रसाद चौधरी छेदी यादव, राज किशोर यादव तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व मन्त्री चौधरीले सधै लडयो अरुको लागि अब लडौ आफ्नो लागी मुल नाराका साथ बोल्दै आदिवासी जनजाति मधेशी मुस्लिम दलित आदिका हकहित दिलाउनका लागि जसपा नेपाल संघर्ष गरेको बताउदै सबैको साझा पार्टी जसपा नेपाल नै विकल्प रहेको बताउनु भयो ।

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादवले मुख्यमंत्री कुल बहादुर केसी विकासका लागि तत्पर रहेको बताउदै जनता समक्ष प्रत्यक्ष लाभकारी योजना ल्याउन लुम्बिनी प्रदेश सरकार पहल गरिरहेको छ। प्रदेशको विकास सबैको सल्लाह सहकार्य गरि मात्र अगाडी बढ़ने तथा क्यान्सर मुटुरोग मृगौला जस्ता प्राणघातक रोगको गरिब वर्गहरु उपचार गराउन नसक्ने रोगीहरुका लागि लुम्बिनी प्रदेश सरकारले तिन लाख अनुदान दिने कार्यक्रम ल्याइएको बताउदै भनेकि हामी सरकारमा आउन त आए तर साथ साथै समयको पनि अभाव रहेको छ हामीले आएको समयमा कार्य गर्नको लागि धेरै चुनौती रहेको तर पनि यो कार्यकालमा सरकारले विशेष गरि आदिवासी जनजाति मधेशी मुस्लिम दलित आदिको हकहितमा काम गर्ने पुर्ण तैयारी रहेको आयोगका सदस्य‌ यादवले बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले उपस्थित प्रमुख अतिथी विशिष्ट अतिथी, अतिथी तथा आएका सम्पूर्ण पदाधिकारीहरुको स्वागत गर्दै हृदय देखि धन्यवाद व्यक्त गर्दै यो क्षेत्रमा आज सम्म खासै विकास नभएको यहाका सोझा साझा जनतालाई चुनावमा झुठो अस्वाशन दिएर चुनावमा विजयी हुने काममा मात्रै सिमीत भएको ६२ हजार भन्दा बढ़ी जनसंख्या भएको नगरपालिका भित्र क्याम्पस तथा सुविधा सम्पन्न अस्पताल तथा बाटो घाटो उचित व्यवस्थापन गराउन नसकेका जनप्रतिनिधिहरु लाई आउने चुनावमा यस्ता जनप्रतिनिधि हरु लाई बहिष्कार गरि जनताको बिच रही जनताको सुख दुखमा सहभागी हुने र जनताको समस्यालाई सर्वोपरि राख्ने उम्मेदवार लाई मतदान गर्न जसपाका सम्बन्धित सबैलाई आग्रह गर्दै भनेकि चाइनाको विस्तारवादी निती रहेको यसबाट नेपाललाई समेत खतरा रहेको र चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको चाइनाले उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा रोक लगाएको छ धार्मिक सांस्कृतिक सभा गर्नामा बाधा व्यावधान गर्छन चाइनाले उइगर समुदायका मुस्लिमहरुलाई देशबाट पाउने सेवा सुविधामा कटौती समेत गरेको प्रवक्ता अकरम पठान ले बताएका थिए।

कार्यक्रममा वृजेश कुमार गुप्ता, नदिम अरसद इदरिशी, जीवन श्रीवास्तव, दिपेंद्र चौधरी, मुन्ना लाल यादव, रेखा माली ,राजमती केवट, दशरथ यादव लगायत सयौं कार्यकर्ता समाजसेवी ,बुद्धिजीवी ,पत्रकारहरुको उपस्थिति रहेको थियो। बजरंगी गुप्ताले कार्यक्रम संचालन गर्नुभयो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com