About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
सोमबार सेयर बजार तेहेरो अंकले वृद्धि

Darpanpost मंगलबार, भाद्र २२, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि तेहेरो अंकले नै वृद्धि भएको छ ।

नेपाली सेयर बजार कम्पनीको प्रगति र उनीहरुको वित्तीय सूचकका आधारमा भन्दा पनि नीतिगत तथा राजनीतिक घटनाका कारण छिटो उतारचढाव देखिने गरेको भए पनि यसपटक केही लगानीकर्ताले आफ्नो स्वार्थमा बजारमा चलखेल गर्दै बजार घटाउने तथा बढाउने गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा संस्थाले एउटा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ सम्म मात्र सेयर धितो कर्जा लिन पाउने प्रावधान लागू गरेको थियो । यो प्रावधान लागू भएपछि भने बजारमा सामान्य प्रभाव देखिएको थियो ।
धेरै लगानीकर्ता यसका पक्षमा देखिए पनि बजारका केही लगानीकर्ताहरुको संगठित संस्थाहरुले यसको विरोधमा आन्दोलन नै घोषणा गरेपछि बजारमा तीव्र उतारचढाव देखिएको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सूचक १०८ अंकले घटेर २८१८।७२ अंकमा झरेको थियो । सोमबार फेरि १६१।९४ अंकले उकालो लागेर २९८०।७९ अंकमा पुगेको छ ।
एक दिनको अन्तरालमा नै उच्च उतारचढावमा बजार हल्लाले भूमिका खेलेको विश्लेषकहरु बताउँछन् । आइतबार लगानीकर्ताहरुले संघर्ष समिति नै बनाएर गभर्नरको राजीनामा माग्दै आन्दोलन समेत घोषणा गरे । सोमबार केही लगानीकर्ताहरु सडकमा राष्ट्र बैंक विरुद्ध नारा लगाइरहँदा बजार भने उकालो लाग्न सुरु भएको थियो ।

सोमबार अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजी बजारमा देखिएको पछिल्लो परिस्थिति लाई सहज बनाउन आग्रह गरेको सूचना सार्वजनिक भएपछि बजारमा सकारात्मक प्रभाव परेको बहानामा बजार बढाइएको विश्लेषकहरुको दावी छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com