About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
नेपाल सँगको मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपालमा

Darpanpost सोमबार, भाद्र २१, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । नेपाल सँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ ।
यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो ।
टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारी लगायतले स्वागत गरका छन्  । उक्त मैत्रीपूर्ण खेल त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुनेछ ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न
लागेको हो ।
एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ ।
नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले फिलिपिन्स सँग
खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ ।
नेपाल र फिलिपिन्स बीचको खेल आगामी असोज २ गते हुनेछ ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङ बीचको खेल असोज ८ गते हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ । –रासस

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com