About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
वडा अध्यक्ष महेन्द्र ठाकुरले आफनो लगानीमा बाढीपिडितहरुलाई बाँडे खाद्यान्न

Darpanpost आइतबार, भाद्र २०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

परासी । नवलपरासीको रामग्राम नगरपालिका वडा ८ का बाढी प्रभावित घरपरिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । नेपाली कांग्रेस वडा ८ कार्यसमितिले आफनो वडाका २ सय बढि पिडित घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि एवं रामग्राम नगरपालिका वडा ८ का वडा अध्यक्ष समाजसेवी महेन्द्र ठाकुरले आफनो व्यक्तिगत लगानीमा सहयोग प्रदान गरेको खाद्यान्न कांग्रेस वडा कार्यसमिति मार्फत वितरण गरिएको हो ।

रामग्राम नगरपालिकाबाट प्राप्त राहत अपुग भएकाले तत्काल पिडितहरुलाई राहत पुगोस भनि वडा अध्यक्ष ठाकुरले आफनो लगानीमा काग्रेस वडा कार्यसमिति मार्फत प्रति परिवारलाई १० किलो चालम वितरण गराउनु भएको हो । उक्त वडाका २२० घरपरिवारलाई कुल २२ क्वीन्टल चामल वितरण गरिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिनु भयो ।

रामग्राममा आएको भिषण बाढीले वडाका ८का दुई सय घरधुरी डुबानमा परेको थियो । जसमा १० कच्ची घर पुर्ण रुपले भत्केको छ भने २० घरमा आंशिक क्षति भएको र अरु बाकी घरहरु डुबानमा परि खाद्यान्न, कपडालत्ता, ओछयान र खाट लगातका सामाग्रीहरु विभजेर हजारांैका क्षति भएको थियो । बाढीले वडामा भएको क्षतिको यथार्थ विवरण संकलन गरि राहतका लागि रामग्राम नगरपालिका पठाइ सकिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिनु भयो ।

रामग्राम नगरपालिकाले वडाका अति बाढी प्रभावित घरपरिवारका लागि खाद्यान्न खरिद गर्न दिएकोे ५० हजार रुपैया २५ जनालाइ मात्र बाडिएको र अरु पिडितहरुलाई अपुग भएकाले आफनो व्यक्तिगत लगानीमा उक्त खाद्यान्न वितरण गरेको वडा अध्यक्ष ठाकुरले जानकारी दिनु भयो । राहत वितरण कांग्रेस वडा सभापति त्रिभुवन केवटको अध्यक्षता तथा वडा अध्यक्ष महेन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा वितरण गरिएको र वितरण कार्यक्रममा वडाका उपसभापति रामवृक्ष केवट, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com