खड्क सुनार ,
मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकाको एक गाउमा सिचाई कुलोको लागि ट्याङकि निर्माण गरिएको छ । टि.डि एज .बि .एम जेठ जर्मनको आर्थिक सहयोग हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन , मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा संचालित हिमाली ग्रामिण क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजना अन्तर्गत सो ट्याङकि निर्माण गरिएको हो ।
सोरु गाउपालिका वडा नं १ बर्म गाउमा सिचाई कुलोको लागि १ सय २० घरधुरीको रुखो जमिन लाई केन्द्रित गरेर निर्माण गरिएको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक सुर्य रोकायाले बताए ।
उनका अनुसार वर्षा याम भन्दा हिउदे महिनामा बढि पानी अभाव हुने र मुहानको पानी पनि मात्रा घट्ने हुनाले मौसमि तथा बेमौसमि सिजनमा उत्पादन हुने तरकारी खेति बहु आयामिक हुने रोकायाले बताए ।
करिब १० किलोमिटर टाढा देखि पाईप लाईन बाट पानी ल्याईएको छ । जम्मा ७ लाख ८० हजारमा ट्याङकि निर्माण गरिएको हो । उक्त वडामा ट्याङकि निर्माण भए पछि यहाका स्थानीय लाई बालिनालिमा खेतिपाति गर्न सहज भएको छ । जमिनको आलिमै सिचाई निर्माण हुदा तरकारी खेति लगायत अन्य खेतिमा पनि पानी सिचाई गर्न सहज भएको स्थानीयले बताएका छन् ।