About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
सेन्चुरी बैंकद्वारा बाढी पिडित घरपरिवार लाइ राहत बितरण

Darpanpost शनिबार, भाद्र १९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

परासी । सेन्चुरी बैंकले नवलपरासीको १०० बाढी प्रभावित घरपरिवार लाइ राहत स्वरुप खाद्यान्न बितरण गरेको छ। सेन्चुरी कमर्सियल बैंक परासी शाखाले जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ का १०० प्रभावित घरधुरी लाई राहत पुगोस् भनी खाद्यान्न सामाग्री बितरण गरेको हो। भदौ ११ गते शुक्रबार अबिरल बर्षाका कारण आएको बाढिले जिल्लाको सदरमुकाम परासी सङ्गै जिल्लाको ७ वटै पालिकाका विभिन्न वडाहरु डुबानमा परि प्रभावित भएका थिए ।

यस्तो बिपदका बेलामा सामाजिक क्षेत्र अग्रसर भै सेन्चुरी बैंक राहत बितरण गरि निकै मानवीय कार्य गरेको महसुस गरिएको छ। बैंकले बितरण गरेको राहत स्वरुप खाद्यान्नमा चामल १० किलो, दाल १ किलो, तेल आधा लिटर, नुन १ प्याकेट, सोयाबिन एक पाउ, आलु १ किलो, प्याज १ किलो रहेको बैंकका म्यानेजर सुनिल शर्माले जानकारी दिनु भयो।

उक्त राहत स्थानीय समाजसेबी रामानन्द तिवारीको अध्यक्षता तथा सेञ्चुरी कमर्सियल बैंक परासी शाखाको प्रमुख सुनिल शर्माको प्रमुख अतिथिकतामा बितरण गरिएको थियो। राहत भदौ १६ गते गापाको वडा ५ को गेरमी, भगतपुर्वा र गेर्माका पिडित प्ररिवारलाइ बितरण गरिएको थियो।

बाढी प्रभावित परिवार लाई राहत वितरण गर्दै शाखा प्रमुख शर्माले बाढीको दुर्गन्धित पानीबाट उत्पन्न हुने विभिन्न रोगहरु बाट बच्न र सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो।

बैंकका म्यानेजर शर्माले आगामी दिनमा पनि यस्तो बिपदका बेलामा पीडित परिवारको सेवामा बैंक हाजिर हुने र सामाजिक कार्यमा अग्रसर रहने जानकारी दिनु भयो।

राहत पाएपछि पीडित परिवार खुशी भएका थिए।
राहत वितरणमा स्थानीय युवा रामबहादुर कुर्मी, अमरमणि गुप्ता, विनय मिश्र र बैंकका कर्मचारीहरुले सघाएका थिए।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com