About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
मुगुका ३ स्थानीय तहमा खुले विद्यालय

Darpanpost शुक्रबार, भाद्र १८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

खड्क सुनार ,मुगु -जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउपालिकाले पालिका भरिका निजि तथा सामुदायिक विद्यालय नियमित रुपमा पठन पाठन सुरु भएको छ । गाउ कार्यपालिकाको श्रावण १७ गते बसेको बैठकले गाउपालिकाका सबै विद्यालय खुल्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण लामो समय देखि बन्द रहेका विद्यालय पुन सञ्चालनमा आउन थालेका छन् । जिल्लाको कार्मारोङ्गमा गाउपालिका , सोरु गाउपालिका र खत्याड गाउपालिकाका विद्यालय लामो समय पछि पुन सञ्चालनमा आउन थालेका हुन ।
गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या शून्य रहेको र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दुरी कायम राख्दै विद्यालय पुन सञ्चालनमा ल्याइएको मुगुमकार्मारोङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले जानकारी दिए । विद्यालय खुले पछि हामिले सावधानि पुर्वक , विद्यार्थी लाई पठन पाठन गरेका छौ , विद्यालयमा मास्क , सेनिटाईजर , जस्ता स्वास्थ्य सुरक्षा अपनाएको बुद्ध माद्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टिका प्रसाद उपाध्यायले जानकारी दिए ।कोरोना जोखिम कम भएपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द भएकोले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठन पाठन गरिएको गाउँपालिकाले जनाएको छ ।
संघीय सरकारले स्थानीय सरकार लाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्न सक्ने अधिकार दिएको छ, सोही अनुसार तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com