About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
रिब्दीकोट गाउँपालिकाले ८ वटै वडामा अकबरे खुर्सानी र कुरिलो खेती पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्दै

Darpanpost शुक्रबार, भाद्र १८, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

सन्तोष गहतराज,
पाल्पा ।  यति बेला पाल्पाका किसानहरू बारीमा लगाएको मकै बादर नोक्सानी गरे पछि निकै आकेसित छन । कृषकहरूले बारीमा लगाएको मकै नोक्सान गरे पछि हैरान भइरहेको बेला जिल्लाको रिब्दीकोट गाउँपालिकाले भने मकैको बैकल्पिक खेती विस्तार गर्नका लागि पालिकाका ८ वटै वडामा अकबरे खुर्सानी र कुरिलो खेती विस्तार गर्ने हेतुका साथ तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ईकाई पाल्पाको समन्वयमा पालिकाका कृषिकहरूलाई अकबरे खुर्सानी र कुरिलो खेती सम्बन्धि तालिम प्रदान गरेको हो । गाउँपालिकाले खुर्सानी र कुरिलो खेतीलाई बादर लगाएत जङ्गली जनावरले नोक्सान पनि नपुर्याउने र थोरै जग्गाबाट दीर्घकाल सम्म फाइदा लिन सकिने भएकोले मकै बैकल्पिक नगदे बालीको रूपमा विकास गर्नका लागि अकबरे खुर्सानी र कुरिलो खेतीको अवधारणा लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पालिकाका ८ वटै वडामा पुगी कृषकहरूलाई भेला गराई उनिहरूलाई व्यवसायीक अकबरे खुर्सानी र कुरिलो खेतीका बारेमा तालिम प्रदान गर्ने कार्य अगाडि बढाएको छ । गाउँपालिकाले हाल सम्म वडा न १ ख्याहामा र वडा न २ को देउरालीमा कृषकहरूलाई तालिम प्रदान गरेको छ ।

बर्ष भरि बारीमा लगाएको मकै बादरले नोक्सान गरे पछि कृषकहरू हैरान भइरहेको बेला गाउँपालिकाले बैकल्पिक खेतीको माध्यमबाट कृषकहरूको जीवनस्तर सुधार ल्याउनका लागि यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जि सीले गाउँपालिकाले पालिकाले पालिकाका ८ वटै वडाका नागरिकहरूले प्रती व्यक्ति १ रोपनीमा अकबरे खुर्सानी र कुरिलो खेतीको विस्तार गर्ने गरि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गाउँपालिकामा पछिल्लो समयमा कृषकहरूले लगाएको मकै ,तरकारी खेती बादर लगाएत बन्य जन्तुले नोक्सान पुर्याएको बताउदै गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूमा अकबरे खुर्सानी र कुरिलो खेतीको पकेट क्षेत्रको रूपमा विकास गरि नागरिकहरूको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गाउँपालिकाले पालिकाका ८ वटा वडाबाट करिब १ हजार जना कृषकहरूले यो कार्यक्रममा जोडी प्रती व्यक्ति एक रोपनी क्षेत्रफलबाट २ लाख ८० हजार सम्म आम्दानी गर्न सक्ने गरि कृषकहरूलाई व्यवसायीक बनाउनका लागि कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो ।

गाउँपालिकाले पालिकाका ८ वटै वडाका कृषकहरूलाई सामुहिक रूपमा खुर्सानी र कुरिलोको खेतीमा जोड्नका लागि तालिम एवम प्रविधिकको हस्तान्तरण गर्ने कार्य गरेको बताउदै बादर लगाएत जङ्गली जनावरले बारीमा लगाएको खेती नोक्सानी हुनबाट जोगाउने,बाझो रहेका जमिनलाई उत्पादनमा परिणत गर्ने तथा स्थानीयको आम्दानीमा वृद्धि गरि जीवनस्तरमा परिवर्तन ल्याउनका लागि गाउँपालिकाले बैकल्पिक खेतीको रूपमा विस्तार गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाई पाल्पाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गाउँपालिकाले कृषकहरूलाई चक्लाबन्दी गर्नका लागि करिब ५० लाखको प्लास्टिक खरिद गर्ने र एक वडा एक बीउ संकलन केन्द्र स्थापना गर्ने उधेश्य रहेको अध्यक्ष जि सीले बताउनुभयो । पालिकाको ८ वडामा १ हजारले १० लाख बिरुवा लगाउदा २ करोड ८० लाख सम्म आम्दानी गर्ने लक्ष्य रहेको बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाई जोन पाल्पाका वरिष्ठ कृषि प्राविधिक दिपक भट्टराईले जोनले बगनासकाली,माथागढी र रिब्दीकोट गाउँपालिकामा व्यवसायीक अकबरे खुर्सानी खेतीलाई विस्तार गरिएको बताउनुभयो । जानेले पाल्पामा पछिल्लो समयमा अकबरे खुर्सानी र कुरिलो खेती प्रती कृषकहरूको रुचि बढिरहेको परिस्थितिमा यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । खुर्सानी र कुरिलो खेतीलाई जङ्गली जनावरले पनि क्षति नपुर्याउने र थोरै जगाबाट धेरै उत्पादन लिन सकिने भएकोले गाउँपालिका र जोनको समन्वयमा रिब्दीकोट गाउँपालिकाका ८ वटै वडाहरूमा अकबरे खुर्सानीको चक्लाबन्दी कार्यक्रम विस्तार गर्न लागेको बताउनुभयो । गाउँपालिकाले प्लास्टिक र विउमा अनुदान प्रदान गर्ने र बजारीकरणको लागि जोनले सहयोग गर्ने बताउदै पालिकाका ८ वटै वडाहरूमा यो कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो ।

गाउँपालिकाले सञ्चालन गरेको अकबरे खुर्सानी र कुरिलो खेतीमा हाल सम्म वडा न १ का १ सय ६२ जना कृषक सहभागी,वडा न २ का करिब ६० जना सहभागी भएका छन । अन्य वडामा कार्यक्रम सञ्चालन गर्ने क्रम सञ्चालन भइ रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख रन्जिव कुवरले बताउनुभयो । जिल्लाका स्थानीय तहहरू मध्ये गाउँपालिकाले कृषकहरूलाई उत्पादनमूलक कार्यमा जोडी आत्म निर्भरका साथसाथै आयआर्जन मुलक कार्यक्रममा जोडनका लागि गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । पालिकाले सबै वडाहरूमा कृषकहरूलाई अकबरे खुर्सानी र कुरिलो खेतीमा आकर्षित गरि रिब्दीकोट गाउँपालिकालाई अकबरे खुर्सानी र कुरिलोको पकेट क्षेत्रको रूपमा विकास गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

अकबरे खुर्सानीको बारेमा मौनादीका सफल युवा कृषक जनक आर्चायले तालिम प्रदान गर्नु छ । प्रशिक्षणको क्रममा ७ सय देखि २ हजार उचाइ सम्म खेती गर्न सकिने,एक रोपनी क्षेत्रफलमा ९ सय ११ सय सम्म बिरुवा रोप्न सकिने र उक्त खुर्सानी लगाउदा २५ हजार खर्च हुने भए पनि आम्दानी २ सय ५०हजार सम्म गर्न सकिने बताउनुभयो । तालिमको सञ्चालन गाउँपालिकाका कर्मचारी शिव जिसीले गर्नु भएको थियो ।

गाउँपालिकाले ८ वटा वडाहरूमा अकबरे खुर्सानी र कुरिलो खेती विस्तारको कार्यक्रम सञ्चालन गरे सँगै बादल लगाएत जङ्गली जनावरका कारण मकै लगाएतका बालीहरू जोगाउनका लागि हैरान भएका कृषकहरू हर्षित भएका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com