About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
पाल्हिनन्दनमा यु.एम.एन.र एससी डिसीद्वारा राहत वितरण , स्थानीय खुसी

Darpanpost बुधबार, भाद्र १६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

उमेश बि.क ,नवलपरासी ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बाढी प्रभावित घरपरिवारहरुलाइ राहत वितरण गरिएको छ ।

गाउँपालिकाको वडा ६ का अति बाढी प्रभावित परिवारहरुलाई आज राहत स्वरुप खाद्यान्न एवं त्रिपाल वितरण गरिएको हो ।

युनाईटेड मिशन टु नेपालको सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्रको आयोजना र पाल्हीनन्दन गाउँपालिकाको समन्वयमा वडा ६ रगरगंज र सनईका गरि कुल १०७ अति प्रभावित घरपरिवारहरुलाई उक्त राहत वितरण गरिएका हो ।


राहत वितरण कार्यक्रम सुनवल सामुदायिक विकास केन्द्रकि अध्यक्ष सपना अधिकारी थापा क्षेत्रीको अध्यक्षता तथा पाल्हीन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारको विशिष्ट आतिथ्यतामा उक्त राहत वितरण गरिएको हो ।


राहत वितरणमा प्रति पिडित घरधुरीलाई चामल २५ किलो, दाल ३ किलो, चिनी २ किलो, तेल २ लिटर, नुन २ प्याकेट, सोयाबिन १ किलो, आलु ५ किलो, प्याज ३ किलो, चना ३ किलो, बेसार २ सयग्राम, साबुन ४ पिस, त्रिपाल १ थान रहेको सुनवल सामुदायिक विकास केन्द्रकि अध्यक्ष सपना अधिकारीले जानकारी दिनुभयो ।

बाढी प्रभावित परिवारलाई राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले बाढीबाट पिडित भएको परिवार लाई यस्तो विपदका बेला आवश्यक भरपुर सहयोग र यस समस्याको दिर्घकालिन सामाधान गर्ने बताउनुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष पावित्री कोहोरले राहत वितरण गर्दै यस क्षेत्रको बाढी लगायतका समस्या सामाधान गर्न पालिका लागीपर्ने बताउनुभयो ।

राहत वितरण कार्यक्रममा एससी डिसीकि अध्यक्ष अधिकारीले सोमबार यस पालिकाको वडा नं १ शंकरपुरमा २०६ र आज बुधबार वडा ६ रजगरगंज र सनईका गरि १०७ गरि कुल ३१३ बाढी प्रभावित घरपरिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो । उहाँले अरु वडा तथा अरु क्षेत्रका बाढी प्रभावितहरुलाई पनि संस्था मार्फत राहत वितरण गर्ने र आगामी दिनमा पनि यस्तो सामाजिक कार्यमा संस्था क्रियाशिल भएर लाग्ने बताउनुभयो । यो संस्था गाउँपालिकामा लैङ्गिक सामानता परियोजन र जिविकोपाजर्न परियोजना अन्तर्गत निकै सामाजिक काम गर्दै आएको छ ।

राहत बितरण कार्यक्रममा वडा नं ६ का अध्यक्ष कृष्णचन्द्र यादव, सुनवल सामुदायिक विकास केन्द्रको लंैङ्गिक समानता परियोजना संयोजक राधा सापकोटा, युनाईटेड मिशन टु नेपालको परियोजना व्यवस्थापक तेज गैरे, दुबै संस्थाका विभिन्न कर्मचारी लगाएत पत्रकार ,सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो ।

पिडित परिवारले राहत पाएपछि निकै खुसि ब्यक्त गर्दै पाएको राहतबाट केही दिन छाक टार्न सहज भएको बताए । जिल्लाका अति बाढी प्रभावित घरपरिवारहरुले राहत पाउन थालेका छन् । राहत वितरणमा जिल्लामा कार्यरत संघसंस्था तथा बंैक वित्तिय संस्थाहरुले सक्रियता बढाएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com