About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
यु. एम. एन. र सुनवल सामुदायिक केन्द्रद्वारा बाढीबाट बिस्थापित २०६ घर परिवारलाई राहत बितरण

Darpanpost मंगलबार, भाद्र १५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

उमेश बि.क / नवलपरासी- पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ शंकरपुरमा बाढीबाट बिस्थापित घर परिवारलाई राहत बितरण गरिएको छ ।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रद्वारा अबिरल बर्षाको कारण पाल्हिनन्दन गाउँपालिका वडा नं। १ शंकरपुरका डुबानमा परी खेतबारी नष्ट भएको र बिस्थापित अति बिपन्न २०६ जना घर परिवारलाई राहत प्रदान गरिएको हो ।

बिस्थापित अति बिपन्न परिवारलाई २५ किलो चामल ,३ किलो दाल , २ लिटर खानेतेल , २ प्याकेट आयोडिन नुन , १ थान त्रिपाल,चिनि २ किलो,२ किलो चना,१ प्याकेट बेसार ,मसला १ प्याकेट,आलु ५ किलो ,प्याज ५ किलो ,डिटोल साबुन २ वटा,कपडा धुने साबुन २ वटा र सोयाबिन ४ प्याकेट प्रति घर परिवारलाई दैनिक उपभोग्य सामाग्री प्रदान गरिएको सुनवल सामुदायिक बिकास केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाले जानकारी दिनुभएको छ।

राहत हस्तान्तरण गर्दै युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको टिम लिडर सब्बु तमाङले विस्थापित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिएको बताउनुभयो । उहाँले जनताको दुःख सुखमा साथदिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिब्द्वता ब्यक्त गर्नुभएको हो।

विपद ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले बाढी प्रभाबित अति बिपन्न परिवारलाई तत्कालै पहिलो चरणको राहत बितरण गरिएको बताउनु भएको हो । कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै बाढी प्रभाबितलाई युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रद्वारा राहत प्रदान गरेको बताउदै विपदको समयमा गरेको मानविय कामको प्रशंसा समेत गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्ष पबित्रा कोहारले पाल्हिनन्दन गाउँपालिका कृषि क्षेत्र भएको पालिका रहेता पनि बाढीले हजारौं बिगहा क्षेत्रफल भित्रको धानबाली नष्ट भइरहेको छ। सो क्षेत्र हेर्दा मन पोलि रहेको बताउदै राहत धेरै नभएपनि यसबाट केही दिनको समस्या समाधान हुने बताउदै युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रले बाढी प्रभावित क्षेत्रमा यस्तो विषम परिस्थितिमा राहत बितरण कार्यको प्रशांसा ब्यक्त गर्दै धन्यवाद दिनुभएको हो ।

वडा नम्बर १ का वडा अध्यक्ष ललग्न प्रसाद यादव, कार्यपालिका सदस्य राज कुमारी कोहार,सुनवल सामुदायिक विकास केन्द्र सचिव ठाकुर प्रसाद खनाल,युनाइटेड मिसन टु नेपालको रिकोभ परियोजना अधिकृत ज्योति सेढांई,लैंगिक समानता परियोजना संयोजक राधा सापकोटा ,रिकोभ परियोजना संयोजक सबिना रेग्मी लगाएत पत्रकार ,सुरक्षाकर्मीहरुको सहभागीतामा राहत बितरण गरिएको हो ।

स्थानीयले राहत सामग्री पाएपछि खुसि ब्यक्त गर्दै पाएको राहतबाट केही दिन छाँक टार्न सहज भएको भन्दै खुशी ब्यक्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com