About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
नेप्से आज ४८ दशमलव ८४ अङ्कले घट्यो

Darpanpost आइतबार, भाद्र १३, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – आइतबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम ४८ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज९नेप्सेका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५दशमलव २० विन्दुमा झरेको हो ।

आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर ३० अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको ५३, व्यापारको ६२, होटलको ३१ र माइक्रो फाइनान्स समूहको शेयर एक सय १५ अङ्कले घटेको छ ।

यस्तै जलविद्युत् समूहको शेयर ८९ अङ्कले, जीवन बीमा समूहको तीन सय चार अङ्कले, निर्जीवन बीमाको दुई सय ५३, उत्पादनको ३८, अन्यको ३६ र लगानी समूहको शेयर दुई अङ्कले घटेको छ ।

आज रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशले घटेर नकारात्मक सर्किट लागेको छ । समग्र बजार घटे पनि नारायणी विकास बैंक र खानीखोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोेड ४८ लाख कित्ता शेयर १५ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com