About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
वरिष्ठ जनगायक जेबी टुहुरेको निधन

Darpanpost बिहिबार, भाद्र १०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाण्डौ – नेपाली समाजलाई उचनिचको व्यवहार बाट दोस्रो दर्जामा पारिएका महिलालाई विद्रोहको झण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधन बाट नेपालको साङ्गीतिक क्षेत्रमा अपूरणीय क्षति भएको छ ।

खास नाम जुठ बहादुर खड्गी भए पनि नेपालीले उहाँलाई जेबी टुहुरे भनेर नै चिने । जनताको गीत गाउने गायकको खास परिचय बनाउनुभएका उहाँको उपचारको क्रममा आज निधन भएको हो । केही दिन पहिले आफ्नै घरमा लड्नुभएका टुहुरेको बल्खुमा रहेको वयोधा अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको हो ।

उपचारमा संलग्न चिकित्सकले उहाँलाई स्ट्रोक भएको बताउनुभएको थियो । उहाँलाई सीसीयूमा राखेर उपचार गराइएको थियो । विसं २०२४ देखि निरन्तर जनताको गीत गाउँदै आउनुभएका टुहरेको धेरैजसो गीत लोकप्रिय छन् । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित छ ।

विसं २०२८ देखि सुरु भएको झापा विद्रोह र त्यसपछि सिर्जना भएको राजनीतिक अवस्थाले धेरैजसो नेता, कार्यकर्ता विस्थापित भए । टुहुरे भने त्यतै गाउँगाउँमा गीत गाउँदै लुकीलुकी हिँड्नुभयो । उहाँ त्यति बेला कोशी प्रान्तीय परिषदमा सङ्गठित हुनुहुन्थ्यो । पञ्चायतकालमा आफ्ना अधिकारको कुरा गर्नु नै अपराध जस्तो ठानिन्थ्यो । त्यसै बेला गीत गाएर मानिसको अधिकारको कुरा गर्नु कति जोखिमपूर्ण थियो होला रु उहाँले सुनाउनुभएको थियो । धरानको सैनिक भवनमा विसं २०३३ मा पहिलो पटक ‘आमा दिदीबहिनी हो’ भन्ने गीत गाएको उहाँले सुनाउनुभएको थियो । त्यसपछि यो गीत कति पटक गाएँ भन्ने आफैँलाई हेक्का नभएको उहाँले बताउनुभएको थियो ।

सुनसरीको धरानका स्थायी बासिन्दा रहनुभएका टुहरेलाई नेकपा माओवादी केन्द्रले दोस्रो संविधान सभामा समानुपातिक प्रणाली अन्तर्गत संविधान सभा सदस्य बनाएको थियो । संविधान सभामा पनि उहाँले आफ्नै लोकशैलीमा धारणा राख्ने गर्नुहुन्थ्यो ।

उहाँको पार्थीव शरीर लाई आज साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखेर त्यसपछि पशुपति आर्यघाटमा अन्तिम दाह संस्कारको तयारी गरिएको छ । झन्डै आधा शताब्दी भन्दा बढी नेपाली जनवादी गीत–सङ्गीगत मार्फत जनताको बीचमा मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने वरिष्ठ जनगायक टुहुरेको निधन प्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ ।

टुहुरे नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका एक अथक, पुराना र अत्यन्तै निष्ठावान् व्यक्तित्व हुनुहुन्थ्यो । विसं २००१ कात्तिक १५ गते पूर्वी नेपालको धरानमा जन्मनु भएका टुहुरेले विसं २०२४ देखि जनताको गीत गाउन थाल्नुभएको थियो । विसं २०२५ बाट पूर्व कोशी प्रान्तीय कमिटी मार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएका टुहुरेले आफ्नो सिङ्गो जीवन कम्युनिस्ट आन्दोलनमा बिताउनुभयो ।
टुहुरेले गीत–सङ्गीतका माध्यम बाट तत्कालीन पञ्चायती कालरात्रिका विरुद्ध जनतालाई जागृत र पछिल्लो लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा समेत अग्रभागमा रही उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो ।

टुहुरे विसं २०५२ देखि २०५९ सम्म राष्ट्रिय जन सांस्कृतिक मञ्चको अध्यक्ष, सांस्कृतिक संस्थानको अध्यक्ष हुँदै २०७० मा तत्कालीन माओवादी बाट संविधान सभाको सदस्य बन्नुभएको थियोे ।
त्यस बेला उहाँले व्यवस्थापिका संसद्को श्रम तथा अन्तर्राष्ट्रिय समितिको सभापतिको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियोे । त्यसयता टुहुरे लगातार नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो । टुहुरेका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ ।

रासस

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com